बेलका /सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता २०७७ इलामकी सरिता राईले जितेकी छिन् ।
सुनसरीको बराहक्षेत्रमा रहेको सदाबहार मिडिया प्रा.लि.ले आयोजना गरेको उक्त प्रतियोगितामा ४०० जनालाई पछि पार्दैै सरिताले उपाधी हात पारेकी छिन् ।
जसमा मोरङ्की निरुपा भण्डारी दास्रो र सुनसरीको रामधुनीका सागर लामिछाने तेस्रो भएका छन् ।
गत भाद्र १३ गतेदेखि संचालन भएको प्रतियोगितामा ४ सय जनाले प्रतिस्पर्धा गरेका थिए ।
प्रथम हुनेलाई १ लाख ५० हजार नगदसहित ५ लाखको जिवन विमाबाट पुरस्कृत गरिएको छ । दोश्रोलाई १ लाख नगद तथा ५ लाखको जिवन विमा र तेश्रो हुनेलाई ५० हजार नगद तथा ५ लाखको जिवन विमाको साथमा प्रमाण–पत्र प्रदान गरिएका छ । प्रथम हुने राई पत्रकारितामा सक्रिय छिन भने दोस्रो हुने भण्डारी शिक्षण पेशामा आबद्ध छिन तेस्रोहुने लामिछाने सामाजिक क्षेत्रमा अगाडि छ्न,कार्यक्रममा बेलका नगरपालिकाकि उपप्रमुख राजकुमारी चौधरी ,मिडिया नेपालका १ नम्बर प्रदेश अध्यक्ष विजय राउत ,अनेरास्ववियू केन्द्रिय सदस्य भरत घिमिरे ,जनता समाजबादिका सुनसरी सचिव प्रदिप कार्कि लगायत ब्याक्तीत्वहरुको उपस्थित रहेको थियो ।नेपालमै पहिलो पटक ठुलो धनराशिको यश प्रतियोगिता देशका ६० भन्दा बढी जिल्ला बाट सहभागी प्रतिनिधित्व गरेका थिए । फेसबुक,इन्स्ट्राग्राम,मा जस्तै टिकटक अहिले सबैको रोजाइमा पर्ने गरेको छ ।टिकटकबाट आफ्नो कला ,क्षमतालाइ अगाडि बढाउन मद्दत पुग्नने गरेको छ यश बाट समाजमा धेरै स्थापित भैसकेका छ्न।प्रथम हुने राइले आफुले प्राप्त गरेको रकमबाट केही रकम सामाजिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकि थिइन।
सदाबहार मिडियाले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै प्रतियोगिलाई पुरस्कृत गरेको हो । जनता समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य प्रमिला यादवले प्रतियोगिलाई पुरस्कार हस्तान्तरण गरेकि हुन ।


