आवर बेलका/चर्चित हाँस्य कलाकार मनोज गजुरेलले पनि दोश्रो बिवाह गर्ने भएका छन् । निवर्तमान पत्नी मीना ढकालसँग दुई वर्ष अगाडि सम्बन्धबिच्छेद गरेर बस्दै आएका गजुरेलले दोस्रो बिवाह गर्न लागेका हुन् ।
गजुरेलले दोश्रो बिवाह गर्न लागेकी महिला उनकी प्रेमिका हुन् या अन्य कुनै माध्यमको बारेमा भने उनले खुलाएका छैनन् तर केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले सबै विषय बाहिर ल्याउँन नसकेको श्रोतले बतायो ।
महिलातर्फको केही आन्तरिक कुरा मिलाउन बाँकी रहेकाले अहिले धेरै कुरा सार्वजनिक नगरिएको भएपनि छिट्टै बिवाह गर्ने योजना बनिसकको बताइएको छ ।
२०५३ सालमा प्रेम विवाह गरेको यो जोडीको आन्तरिक रुपमा तीब्र बिवाद भएपछि आन्तरिक रुपमै केही समय अलग अलग भएर बसेका थिए । उनीहरुले बिवादको निराकरण गर्न सहमतिमै सम्बन्ध बिच्छेद गरेपछि भने सञ्चार माध्यमको सहारा लिएर एकले अर्का बिरुद्ध कडा गाली गलौज गरेका थिए ।
मीना ढकालले त्यसपछि गीत गाएकी थिईन् तर उनको स्वरलाई लिएर युट्युवमा लाईक भन्दा डिसलाईक सयौं गुणा बढी आएका थिए । उनको भिडियोमा गाली गरेका प्रतिक्रियाहरु धेरै आएका थिए । गजुरेल र मीनाको एक छोरा र एक छोरी रहेकामा दुबै जना बाबुसँगै बस्दै आएका छन् ।
स्मरण रहोस् नेपालमा पछिल्लो समय कलाकारहरुले एक्लो हुनासाथ दोश्रो बिवाह गर्ने प्रचलन बढ्दै गएको छ । आफ्नी श्रीमती मिराको निधन भएपछि बरिष्ठ कलाकार हरिवंश आचार्यले बुटवलकी रमिला पाठकसँग दोश्रो बिवाह गरेका थिए । त्यसै गरी रबि लामिछानेले पनि निकिता पौडेलसँग दोश्रो बिवाह गरे ।
नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठसँग बिवाह भएको लगभग एक महिनामै पति बियोगमा परेकी नायिका स्वेता खड्काले पनि आफ्ना प्रेमीसँग दोश्रो बिवाह गरिन । त्यसै गरी निर्माता छवि ओझाले भने नायिका शिल्पा पोखरेल सहित चार वटी बिवाह गरिसकेका छन् ।


