NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

गाउपालिका अध्यक्षले उपाध्यक्षलाई बिबाह गरेपछि

1 Mins read

आवर बेलका/ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाह हुँदैछ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । तर गण्डकी प्रदेशका दुई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच शुक्रबार विवाह हुँदैछ ।

कास्कीको माछापुछ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङ बीच विवाह हुन लागेको हो ।

उपाध्यक्ष र अध्यक्षबीच शुक्रबार पोखरामा विवाह हुने कार्यक्रम रहेको छ । सो विवाहको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रहने कार्यक्रम छ । मुख्यमन्त्री गुरुङलाई बुधबार भेटेर गाउँपालिका अध्यक्ष कर्णबहादुर र उपाध्यक्ष शर्मिलाले निम्ता गरेका छन् ।

आफूहरुबीच शुक्रबार विवाहको टुंगो भएको अध्यक्ष कर्णबहादुरले नागरिकखबरलाई बताए । ‘शर्मिलाजी र म बीच विवाह गर्ने विषयमा सहमति भयो’ उनले भने, ‘परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं ।’

कोरोनाका कारण सबैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए ।

कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । अध्यक्ष कर्णबहादुरले भने राजनीति र सामाजिक सेवाका कामले विवाह गर्न नभ्याएको प्रतिक्रिया दिँदै आएका थिए ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *