आवर बेलका/ उदयपुर जिल्ला नेपाल् कम्युनिष्ट पार्टी त्रियुगा नगरकमिटी को यहि मंसिर १८ गते नगरको सपथ ग्रहण सकिए लगत्तै वार्ड न -६ ले समेत सफथ ग्रहण सप्पन्न गरेको हो ।
विद्यार्थी नेता प्रवेश खडकाको अध्यक्षतामा भएको सपथ ग्रहणमा नेकपाका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज बलदेब चौधरी , पुर्व माननीय तथा नेकपा प्रदेश सचिवलय सदस्य मोहन ब खत्री, प्रदेश सदस्य अनिल अधिकारी ,जिल्ला कार्यलय सदस्य जीवन कार्की “कुशल “, बिमल कार्की लगायत जिल्ला नेताहरुको उपस्थितिमा सम्पन भएको हो ।
२९ सदस्य वार्ड कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण इन्चार्ज चौधरीले गराएका हुन ।कार्यक्रममा नेताहरुले पार्टी एकता को रक्षा आजको आवश्यकताको बारेमा आ आफ्ना धारणा राखेका थिए भने इन्चार्ज चौधरीले नगरले गरेको बिकासको काम र भाबीकामको बारेमा आफ्ना भनाइ राखेका हुन ।
वार्ड कमिटी अध्यक्ष खडका विद्यार्थीका समेत नेता हुन ।


