NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

पुर्व बिद्यार्थी समाज द्वारा न्यानो कपडा बितरण

1 Mins read

सुमन सागर/ बेलका
बेलका नगरपालिका वडा नं १ आम्बासीमा श्री नारायण देवजि चौधरी माध्यमिक बिधालयमा अध्यन गर्ने कक्षा १ देखि ८ सम्मका २ सय ६७ जना छात्र छात्रालाई न्यानो कपडा अन्तर्गत सुइटर बिहिवार एक औपचारिक कार्यक्रमका बिच बितरण गरिएको छ।

सोही बिधालयमा अध्यन गरेका पुर्व बिद्यार्थीको सहभागितामा १ लाख २ हजार बराबर रकम संकलन गरि सुइटर खरिद गरिएको पुर्व बिद्यार्थी समाजका सद्स्य साथै न्यानो कपडा बितरणका ब्याबस्थापक जीवन फुयलले बताए।
हामिले आफ्नै नगरपालिकामा उत्पादन हुने सुइटर खरिद गरि बितरण गरेका हौ ब्याबस्थापक फुयलले बताए।
चिसो बाट बालबालिका लाई बचाउने उदेश्यले सुइटर बितरण गरेका हौं , पुर्व बिद्यार्थी समाजका अध्यक्ष बिरेन्द्र अधिकारिले जानकारी दिए।
औपचारिक कार्यक्रमामा बिधालय ब्याबस्थापन समितिका अध्यक्ष पुर्ण निरौलाले पुर्व बिद्यार्थी समाजले आयोजना गरेको कार्यक्रमले समाज रूपान्तरणको कदम थालनी भएको बताए। अध्यक्ष निरौलाले सामुदायिक बिधालयमा अध्यन गर्ने बालबालिकालाई न्यायो कपडा बितरण गर्ने समपुर्ण सदस्य लाई धन्यवाद दिएका छन।

आफूले अध्यन गरेको बिधालयलाई माया गरेर साना साना बाल बालिकालाई कपडा बितरण गर्ने कार्य सर्हानिय भएको शिक्षिका सिर्जना ढकालले बताइन।
न्यानो कपडा बितरण गर्न ०६४ सलमा एस एल सि दिने समुहका चन्द्र थापा, प्रमोद बज्राचार्य , कमल बिष्ट, कृष्ण लुइँटेल , बादल राई, बिरेन्द्र अधिकारी , सुशील बिष्ट , अन्जना आर सि , आइसा खडका, मोनिका भट्टराई , बिज्ञान खडका, जेनिस खडका , संगित/ संजित कार्की , अर्जुन कार्की , प्रविन राई, सुमन थिङ्ग, प्रेम कुमार कार्की , गोबिन्द कट्वाल , संगिता मगर ले रकम संकलन गरि सुइटर खरिद गरेका हुन।

बिधालयको गुणस्तरीय शिक्षा लगायत सामाजिक क्षेत्रमा सधै एक ठाउँमा रहेर काम गर्ने पुर्व बिद्यार्थी समाजका सदस्य पदम बज्राचार्यले जानकारी दिए।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *