आवर बेलका/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई कित्तामा बाँडिएको सत्तारुढ नेकपा फुटको असर प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ। यति बेला एकातिर प्रचण्ड–माधव समूह र अर्कातिर केपी शर्मा ओली समूह दुवै समूहले आफू आधिकारिक नेकपा भएको दावी गरिरहेका छन्।
पार्टी एक हुँदा नेकपामा उदयपुरबाट चारजना केन्द्रीय सदस्य सुरेश राई, जगनाथ खतिवडा, बलदेव चौधरी र मञ्जु चौधरी रहेका थिए। मञ्जुबाहेक तीनैजना प्रचण्ड–माधव समूह मै छन्। राई प्रदेश १ कमिटी सचिव हुन् भने बलदेव जिल्ला इन्चार्ज हुन्। जिल्ला अध्यक्ष र सचिवसहित १५७ जना जिल्ला सदस्यमध्ये ११३ जना प्रचण्ड–माधव समूहमा रहेका छन्।
उदयपुरका आठवटा स्थानीय तहमध्ये सात स्थानीय तहमा नेकपाको सरकार छन्। जसमध्ये प्रचण्ड–नेपाल समूहमा चारवटा स्थानीय सरकार प्रमुख खुलेको र ओली समुहमा दुईवटा स्थानीय सरकार प्रमुख लागेका छन्। रौतामाई गाउँपालिकाका अध्यक्ष नखुले पनि प्रचण्ड–माधव समूहमै रहेको नेकपाका जिल्लाका सचिव ईश्वरमणि राउत बताउँछन्।
प्रचण्ड–नेपाल समूहमा त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगर, लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई, ताप्ली गाउँपालिका अध्यक्ष उद्धवसिंह थापा रहेको छन्। ओली समूहमा बेलका नगरपालिका नगरपालिका प्रमुख दुर्गा थापा र कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ रहेका छन्।
प्रचण्ड–माधव समूहले गरेको जिल्ला भेलामा १५७ जना जिल्ला सदस्यमध्ये ११३ जनाको उपस्थित रहेको र अनुपस्थित ४४ जनामध्ये १३ जना जिल्ला कमिटीका सदस्यले अपर्झट बैठक, समय अभाव र भौगोलिक कठिनाइले उपस्थित हुन नसकेको सचिव राउतको भनाइ छ। उनका अनुसार जिल्ला कमिटीका केही सदस्यहरु जिल्लाबाहिर रहेको र केही सदस्यहरु भौगोलिक कठिनाइले बैठकमा अनुस्थित रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा उत्रिने बताएका छन्।
जिल्ला कमिटीको संख्या हेर्दा नेकपा प्रचण्ड माधव समूह उदयपुरमा दुई तिहाइ बहुमतमा देखिएको छ। उदयपुरमा ओली समूहको नेकपा कमजोर देखिएको प्रष्ट छ। उदयपुरमा नेकपा ओली समूहमा ३० देखि ३२ जना जाने अनुमान गरेका छौँ,’ जिल्ला सचिव राउतले भने, ‘उहाँहरुलाई पनि हामीले मुलधारकै पार्टीमा बोलाईरहेका छौँ।’
प्रतिनिधि सभा पुनःस्थापना नहुन्जेलसम्म आन्दोलनलाई शसक्त बनाउनको लागि विरोध सभा जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय गरेको गरेको समेत अध्यक्ष कटुवालले बताए। अध्यक्ष कटुवालका अनुसार ‘उदयपुरमा झण्डै ८० प्रतिशत नेता कार्यकर्ताको भावना प्रचण्ड माधव समूहमा देखिएको छ,’ उनले भने, ‘१५ गतेको बैठकमा एकसय १३ जना उपस्थिति हुनुभएको थियो, यो धेरै उत्साहजनक छ।’ जिल्लाका आठ वटै नगर र पालिका कमिटीका अध्यक्ष सचिव हाम्रो रहेको सचिव राउतले भने, ‘प्रचण्ड–माधव समूह हामी नै संस्थापन भएकाल केहि साथीहरु मात्र छुट्नु भो हामी सबै एकै ठाउँमा छौं।’ जनवर्गीय संगठनमा अनेरास्ववियू र राष्टिय युवा संघ प्रचण्ड–माधव समूहमा रहेको छ।
ओली समूहले आयोजना गरेको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको सभा हलमा बैठक गरेकाे छ। उक्त बैठकमा बिनोद ढकालले संवोधन गरेका छन। बैठकमा ओली समुहका केन्द्रिय सदस्यहरू बेद प्रसाद पोखरेल, पदम राई, दुर्गा कुमार थापा, मणि उपाध्याय पौडेल, अम्बिका थापा, बिमल कार्की, ज्ञानेन्द्र श्रेष्ठ, शैलेस लामा लगायतको सहभागिता रहेको ओली समुहका जिल्ला सचिव कुशल बाबु बस्नेतले जानकारी दिए।
सचिव बस्नेतले आगामी निर्वाचनको लागि तयारी थालेको बताएका छन्। ‘हामीले जिल्लामा संगठन विस्तारका अभियानलाई तीब्रता दिएका छौँ,’ उनले भने।
उदयपुरका युवा जगतमा राम्रो प्रभाव राख्ने नेता तथा पूर्व नेकपा एमालेका जिल्ला सचिव परमेश्वर घिमिरे नेकपा ओली समुहका अध्यक्ष चयन भएका छन्। घिमिरे ओली समुहका अध्यक्ष हुनुभन्दा पहिले माधव नेपाल समुहका प्रभावशालि जिल्ला नेताका रुपमा चिनिन्थे। प्रचण्ड, माधव नेपालले प्रधानमन्त्रीलाई काम गर्न नदिएको भन्दै अबको विकल्प ताजा जनादेश भएकोले ओली समुहमा लागेको घिमिरेको भनाई छ।
उदयपुरमा नेकपाको ७ जनाको कार्यालय टिम मध्ये ४ जना प्रचण्ड–माधव समुहमा रहेका छन, भने, ३ जना ओली समुहमा रहेका छन। केहि दिनअघि ओली समूहको केन्द्रिय सदस्य पद अस्विकार गर्दै मुख्यमन्त्री शेरधन राईका विरुद्ध अविश्वासको प्रस्तावमा सहि गरेकी प्रदेशसभा सदस्य कला घले पुन: ओली समूहमै लागेकी छिन। प्रदेशसभाका तीन जना सदस्य ओली समुहमा रहेका छन। संघिय सांसद एक जना र प्रदेशसभा सदस्य एक प्रचण्ड–माधव समुहमा रहेका छन्।
भने प्रचण्ड- माधब समुहले बेलका नगरकमिटिमा बृहत कार्यकर्ता भेला गरेको हो । नेकपाका केन्द्रिय सदस्य एक नम्बर प्रदेश कमिटी सचीब सुरेश कुमार राई ” हिमाल”को प्रमुख उपस्थितिमा केन्द्रिय सदस्य जग्गनाथ खतिवडा , प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष बिनोद कट्वाल ” दिवस” प्रदेश सदस्य तथा उदयपुर जिल्ला सचीव इस्वरमणी राउत ,प्रदेश माननीय सुनिता चौधरी , संविधान सभा सदस्य दुर्गा परियार,भेसकुमारी राउत,जिल्ला समन्वय समिति उपप्रमुख गङा राई ,लगायत बहुसंख्यक रूपमा प्रदेश सदस्य तथा जिल्ला कमिटि सदस्य हरुको उपस्थितिमा सम्पनन भएको हो ।
बेलका नगरकमिटिमा जम्मा ८१ सदस्य कमिटीमा ६० भन्दा माथी नगरकमिटी सदस्य तथा सचिवालयमा समेत बहुसंख्यक रूपमा बेलकाका ३०० भन्दा माथी नेता,कार्यकर्ताको बाक्लो उपस्थित भएको हो ।
केपि शर्मा ओलिले गरेको असंबैधानिक कदमको विरुद्ध र प्रचण्ड – माधब समुहले गाउँ स्तरसम्म कार्यकर्ता भेला गरिरहेको छ भने ओलि समुहले पनि गरिरहेको छ ।
बाक्लो उपस्थित रहेको कार्यक्रममा नेकपाका जिल्ला सदस्य मोहन प्रसाद घिमिरे ,रमन भट्टराई , प्रदेस सदस्य बासु किराँती ,जिल्ला समन्वय समिति उपप्रमुख गङ्गा राई ,संविधान सभा सदस्य ,दुर्गा परियार ,भेसकुमारी राउत ,इस्वरमणी राउत ,जिल्ला अध्यक्ष बिनोद कट्वाल दिवस, केन्द्रिय सदस्य बलदेब चौधरी ,प्रमुख अतिथि सुरेश कुमार राइले महत्त्वपूर्ण आफ्ना भनाइ राखेका हुन।
जिल्ला सदस्य मोहन घिमिरेले केपि ओलिले गरेको असंबैधानिक कदमको बिरोध गरेका थिय त्यसैगरी जिल्ला सचिवालय सदस्य रमण भट्टराईले समेत यो ब्यबस्था सक्न केपि ओलि लागेको हुदा यस्लाइ जोगाउन सबै यहि पार्टीमा लाग्न अनुरोध समेत गरेका थिए कार्यक्रममा उपस्थित नभय पनि सम्पुर्ण नेता,कार्यकर्तालाइ सम्मान गर्दै अगाडि बढने बताय।प्रदेश सदस्य भेसकुमारी राउतले पनि आफ्नो कार्यकालमा संविधान बनेको र धेरै अधिकार आएको हुदा यस्लाइ बचाउन सबै फ़ेरि एक जुट हुन आग्रह गरिन । जिल्ला कमिटी सचीव इस्वरमणी राउतले पनि उदयपुर जिल्लाको पार्टी गतिविधि र नेकपा दर्हो तथा लोभ लालचमा नलागी यश पार्टी निस्वार्थ लाग्न अनुरोध गरे। जिल्ला कमिटी अध्यक्ष बिनोद कटवाल दिवसले प्रतिनिधि सभा विघटन गरेपछि सिङ्गो नेकपा पार्टी को भबिस्य चिन्तामा रहेको बताय। यस्लाइ बचाउन सबै परिवर्तनकारी आम जनसमुदाय एक भयर असंबैधानिक कदम को विरुद्ध लाग्न अनुरोध गरे।केन्द्रिय सदस्य बलदेब चौधरीले केपिओली ले कम्युनिष्ट पार्टी सक्न लागेको र आधिकारिक नेकपा हामिले नेतृत्व गरेको र सर्बोच्च अदालतले पनि प्रचण्ड- माधबले नेतृत्व गरेको नै आधीकारिकता दिने भएको हुदा सबैलाई यहि लामबद्द हुन आग्रह गरेका हुन । केन्द्रिय सदस्य जग्गनाथ खतिवडाले केपि ओलिले पार्टी फुटाउन चाहेको र देशलाइ बर्बाद पार्न खोजेको हुदा हाम्रो पार्टीले बचाएको बताय। प्रमुख अतिथि राइले केपि ओलिले गरेको बेथिति विरुद्ध सिङ्गो समुदाय एक हुनुपर्ने बताय ,पार्टीको नीति नियम नमानेर ओलिलाइ पार्टीले कार्वाही गरेको बताय । जनयुद्ध ,जनआन्दोलनले अधिकार दिएको तर ओलि सरकार मास्न लागेको बताय
कार्यक्रम मा बेलका नगरकमिटी अध्यक्ष मनोज तामाङले
बेलका नगरकमिटिमा रहनुहुने सम्पुर्ण आम पार्टीनेता कार्यकर्तालाई यश पार्टीमा रहन अनुरोध गरे ,यहि नेकपा आधिकारिक भएको हुदा सुर्य चिन्ह हाम्रो भएको बताय ।
कार्यक्रम स्वागत मन्तबय बेलका -६ का जनप्रतिनिधि तथा नेकपा नेता नारायण राइले र
संचालन सचिबालय सदस्य तथा बेलकाको युवा नेता हिराजङ राइले गरेका हुन।


