NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थ

बिमितको घरमै गएर बिमा रकम हस्तान्तरण

1 Mins read

आवर बेलका २१ पौष / ७ सय ५३ स्थानीयतह मध्ये पहिला ५० जना जन प्रतिनिधिकाे बिमा गराउने पहलाे पालिकामा पर्दछ बेलका नगरपालिका। जस मध्ये वडा सदस्यकाे मृत्यु पश्चात मृत्यु दावि भुक्तानी अाईयमई लाईफ इन्स्योरेन्स कम्पनीले अाज यक कार्यक्रम गरि बिमितकाे रकम भुक्तानी गरेकाे छ । अाज २०७७पाैष २१ गते मङगलवार बिहान ११ बजे अाइयमई लाईफ इन्स्योरेन्स कम्पनीका बिमित बेलका नगरपालिका वडा नम्बर ३ निवासि स्वर्गीय कृष्णप्रसाद चाैधरीकाे मृत्युु दावि भुक्तानी बेलका नगरपालिकाका मेयर श्री दुर्गाकुमार थालपाकाे प्रमुख उपस्थिति, उप प्रमुख राजराजकुमारि चाैधरि र कम्पनीका प्रदेश १ का प्रमुख श्री कर्मराज पाैडेलकाे विशेष उपस्थिति ३ का वडा अध्यक्ष भरत मगर, समाजसेवि नारद निराैला, गणेश बस्नेत र अन्य मान्यजनको उपस्थितिमा बिमितकाे मृत्यु दावि चेक हस्तान्तरण कार्यक्रम बिमितका श्रीमती अनार देवि चाैधरिलाई हस्तान्तरण भएको हाे।
उदयपुरको बेलका नगरपालिका ३ , वडा कार्यालयमा अायाेजित कार्यक्रममा ज्येष्ठ १५ गते स्वार्गिय कृष्णप्रसाद चाैधरिकाे सम्झना समेत गरिएको छ । कार्यक्रममा नगर प्रमुख दुर्गा कुमार थापाले समाजसेवा बिमा गराएर पनि हुने बताए । प्रमुख थापाले बिमा सामान्य परिवार देखि सम्पन्न परिवार सम्मका व्यक्तिको पहुचमा पुग्नु पर्ने बताए । उनले बिमा प्रती सकारात्मक साेच प्रकट गर्न कम्पनीको चुरुस्त दुरुस्तमा जाेड दिनु पर्ने बताए । कम्पनीका प्रदेश नम्बर १ का प्रमुख कर्मराज पाैडेलले कम्पनीको सेवा सुविधा अन्य कम्पनीको तुलनामा सुलभ भएको बताए । कम्पनीको काम प्रती गुनासा भएकोमा सम्बन्धित निकायमा गुनासा टिप्पणी गरेर भ्रम छर्न नहुने बताए । उनले इन्स्योरेन्स कम्पनी देशभरमा १९ वटा मात्रै रहेकाे तेस बाहेकका अन्य कम्पनीको गलत प्रचार प्रसारमा नलाग्न सुझाए । दुखकाे घडिमा अभिभावक बनेर साथ दिने कम्पनी नै असल अभिभावक भएको बेलका नगरपालिकाकि उप प्रमुख राजकुमारि चाैधरिले बताए । गाउँ गाउमा बिमाकाे चेतना छर्न सके बचत र सुरक्षा बिमाले गर्ने नेकपाका नगर सचिव गणेश बस्नेतले बताए । कम्पनीको रामपुर गाइघाट शाखाका एजेन्सि मेनेजर श्याम कुमार श्रेष्ठले बिमा गर्न अनिवार्य रहेकाे बताए । श्रेष्ठले बिमालाई नगर सरकारले सहयाेग गरेकाे र टेन्डर मै अाइयमई छनाैट भएको बताए । बेलका नगरपालिकाका ४९ जना जनप्रतिनिधिको बिमा कम्पनीमा भएको र अाज नै पाेलिसि हस्तान्तरण गरेको रामपुर शाखाका बिजनेस पर्माेटर जयराम पुर्वछानेले बताए । कार्यक्रममा नया बिमितका पाेलिसि र नया अभिकर्ता प्रमाण प्रत्र हस्तान्तरणकाे पनि कार्यक्रम पनि सम्पन्न भएको छ।सगरमाथा अञ्चल का प्रमुख तथा गाइघाट शाखाका प्रमुख कृष्णप्रसाद घिमिरेकाे अध्यक्ष्ातामा अायाेजित समाराेहमा घिमिरेले बिमा अाज अहिले नै गर्नु पर्ने बताए ।बिमितकाे यसै वर्षकाे जेष्ठ १५ गते असामयिक निधन भएको थियाे ।

Related posts
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read
आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास…
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read
मदन अधिकारी उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर…
अर्थसमाचार

ग्लाेबल लघुबित्तको सचेतनामुलक कार्यक्रम सङ्गै डस्बिन बितरण

1 Mins read
आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ ।…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *