आवर बेलका २२ पौष / प्रचण्ड-माधब समुहले कार्यकर्ता भेला गर्दै उक्त समूहले बहुमत रहेको दावी गरेका छ्न
।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा १ नं. प्रदेशका सचिव सुरेशकुमार राई (हिमाल), केन्द्रीय सदस्य तथा उदयपुर ईञ्चार्ज वलदेव चौधरी, केन्द्रीय सदस्य तथा पूर्व संसद जगनाथ खतिवडा, प्रदेश सदस्य राजन किराती (वासु) जिल्ला अध्यक्ष दिवश कटवाल, सचिव ईश्वरमणी
राउत, महिला नेतृ सुनिता चौधरी, राकेश किराती लगायतले सरकारको असंवैधानिक कदम विरुद्ध एकजुट हुन कार्यकर्ताहरुलाई आह्वान गरेका हुन ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष, समानुपातिक समावेसी लगायतका मुद्धाहरु ओली नेतृत्वको सरकारले धरापमा पारेकोले त्यस विरुद्ध लाग्न नेताहरुले आफ्नो समूहका कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
नगरपालिकाको १० वटा वडामा पूर्व माओवादीले ३ र एउटा वडामा पूर्व एमालेले विजयी गरेका छन् । प्रधानमन्त्री ओलीले संघीय संसद विघटन गरेपश्चात दुई समुहमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आ–आफ्नै पक्षका कार्यकर्ताहरुको भेला, बैठकहरु विभिन्न स्थानमा गर्दै आएको छ । पार्टी विभाजनपछि अभियानको रुपमा अगुवा कार्यकर्ता भेलामा ३०० भन्दा धेरै नेता कार्यकर्ताको उपस्थित रहेको हो ।
कार्यक्रमकाे आयाेजना गरिने ६ नं. वडाध्यक्ष तथा जिल्ला सदस्य कमलध्वज राईले जानकारी दिए ।
नगर सचिव गोविन्द श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम किशोर ताम्राकारले सञ्चालन गरेका थिए ।


