कृष्णमान चौधरी/
बेलका नगरपालिका वडा न ३, बुद्धचोक अबस्थित बेलका फूटबल एकेडेमी र बुद्ध एकता क्लबको संयुक्त आयोजनामा संचालित बेलका च्याम्पियन लिग खेल गत मंसिर २ गतेबाट सुरु भएको लिग खेलको फाल्गुन १५ गते समापन भएको छ। प्रतियोगिता लगभग ३ महिना सम्म भएको थियो।
प्रतियोगितामा अखिल नेपाल फूटबल संघका प्रबक्ता श्री किरण राई प्रमुख अतिथी , बेलका नगरपालिकाकि नगर उप प्रमुख विशिष्ट अतिथी राजकुमारी चौधरी , बे न पा ने क पा का अध्यक्ष श्री मनोज तामाङ्ग बिशिष्ट अतिथि , बे न पा छाया सरकार श्री अशोक कार्की, त्यसैगरी जिल्ला फूटबल संघ का प्रशिक्षक श्री दिपक थापा , नव सार्वजनिक यूवा क्लबका सह सचिब श्री कृष्णमान चौधरी ,स्थानीय दर्शक र खेलप्रेमी महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो।
खेलमा बेलका नगरपालिकाका १४ ओटा क्लबहरुको सहभागीता रहेको थियो।जसमा बुद्ध एकता क्लब प्रथम , पन्चकन्या फूटबल क्लब द्वितीय र अजम्बरी फूटबल क्लब तेस्रो भएका छ्न । प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख नगद , मेडल ,शिल्ड र प्रमाणपत्र त्यसैगरी दोस्रो पुरस्कार रु ७० हजार नगद , शिल्ड र प्रमाणपत्र र तेश्रो पुरस्कार रु ४० हजार नगद , शिल्ड र प्रमाणपत्र रहेको थियो। प्रतियोगितामा बेस्ट टीम म्यानेजर , कोच , अनुशाशित खेलाडी,बेस्ट डिफेन्स , बेस्ट गोल किपर , बेस्ट फर्वाड , सर्वाधिक गोल कर्ता हरुलाइ सम्मान गरिएको थियो।
प्रतियोगितामा अ ने फू संघका प्रबक्ता राइले यो नेपालको दोश्रो ठूलो लिग खेलको रुपमा रहेको बताए।
प्रतियोगिता सफल पार्नका लागि स्वदेश तथा बिदेशमा भएका नेपाली दाजु/ भाइहरुले सहयोग गरेको र वडा न ५ बाट रु.१० हजार , बे न पा वडा न ४ बाट रु.२० हजार, वडा न ९ बाट रु.२० हजार र स्थानीय व्यक्तिहरु,व्यापारी र संघ सस्थाले आर्थिक सहयोग गरेको र बाकी वडाहरुबाट, १ बाट रु १० हजार ,२ बाट १० हजार ,३ बाट १० हजार , ७ बाट २० हजार ,८ बाट १० हजार र बेलका नगर स्तरीय यूवा तथा खेलकुद बिकास समिति बाट प्रथम पुरस्कार रु १ दिने भनिएता पनि हाल सम्म सो पुरस्कार रकमहरु उपलब्ध नभएको सो खेलका संयोजक विशाल लिम्बू ले बताए।
खेलको मूल उद्देश्य बेलकामा भएका खेलाडीहरुलाइ राष्ट्रिय टीम समक्ष पुर्याउनु , ब्यसायिक रुपमा खेलाडी उत्पादन गर्नु संयोजक लिम्बूले बताए।


