NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

सीता बनिन दलित महिलामा पहिलो मन्त्री

1 Mins read

दलित समूदायबाट महिलामा सीता नेपाली नेपालकै इतिहासमा पहिलो मन्त्री बनेकी छिन् । नेकपा माओवादी कर्णाली प्रदेशकी प्रमुख सचेतक समेत रहेकी नेपाली कर्णाली प्रदेश सरकारमा जनस्रोत मन्त्री बनेकी हुन् ।

बुधबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालीलाई जलस्रोत मन्त्री, बिन्दमान बिष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र गोपाल शर्मालाई आर्थिक तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्म लबिङ गरेकी नेपालीलाई कर्णालीका मुख्यमन्त्री शाहीले भौतिक विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रीमा नियुक्त गरेका हुन् ।

अध्येता तथा अभियान्ता जेवी विश्वकर्माले नेपालको इतिहासमा दलित महिलाबाट सीता नेपाली पहिलो मन्त्री बनेको बताए । उनका अनुसार यसअघि संघीय सरकारमा दलित समूदायबाट थुप्रै मन्त्री बनेपनि दलित महिलालाई भने राज्यमन्त्री र सहायकमन्त्री मात्रै बनाइएको थियो ।

अहिले संघीय सरकारमा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री छन् । उनी राज्यमन्त्री भएपनि मन्त्रिपरिषद बैठकमा जान पाउँदिनन् । विमला विश्वकर्मा अघि पनि दलित महिला राज्यमन्त्री बनेका थिए । तर मन्त्री भने बन्न सकेका थिएनन् ।

सीता नेपाली भने अधिकारसम्पन्न मन्त्री हुन् । नेपालको दलित महिला इतिहाससँगै उनी प्रदेशमा पनि दलित समूदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति बनिन् ।

यसअघि प्रदेश १ मा जसमाया गजमेरलाई राज्यमन्त्री नियुक्त गरिएको थियो । तर उनले केही समयमै राजीनामा दिनुपर्यो । समावेशी हकमा पनि कर्णाली प्रदेश पहिलो बनेको छ ।

दलित महिलालाई मन्त्री बनाएर तत्कालिन माओवादीले भनेजस्तो समावेशी र समानुपातिक मागलाई सम्बोधन गर्ने कर्णाली पहिलो प्रदेश बनेको हो । अन्य प्रदेशमा अहिलेसम्म एक जना पनि दलित मन्त्री छैनन् ।

को हुन सीता नेपाली ?

तत्कालिन नेकपा माओवादीबाट दश वर्षे जनयुद्धमा होमिएकी नेपाली सुर्खेत लेकबेसी नगरपालिका ४ की स्थायी बासिन्दा हुन् । उनी २०३१ सालमा सुर्खेत लेकबेसीमा जन्मेकी हुन् । उनले राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेकी छिन् । कानुनका क्षेत्रमा पनि उनले एलएलबी गरेकी छिन् । राजनीति र वकालत दुवैमा उनी लामो समयदेखि संघर्षरत थिइन् ।

चालिसको दशकको अन्त्यतिर शिक्षा क्याम्पस सुर्खेतमा पढ्दै गर्दा उनले कम्युनिष्ट पार्टीको सदस्यता लिएकी थिइन् । विद्यार्थी राजनीतिमा छँदा नै उनी विद्रोही स्वभावकी थिइन् । दश वर्षे जनयुद्धमा उनको पार्टीको नाम रक्षा थियो । उनले माओवादी जनयुद्धमा होमिएकै बेला जीवन्तसँग अन्तरजातीय विवाह गरिन् ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनले २०६४ सालको पहिलो संविधानसभा चुनावमा सुर्खेत क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । तर त्यतिबेला उनी थोरै मतान्तरले पराजित भइन् ।

त्यसयता निरन्तर माओवादीको राजनीतिमा सक्रिय रहेकी उनी २०७० सालमा भएको दोस्रो संविधानसभा चुनावमा भने समानुपातिकबाट सभाषद भइन् । संविधानसभा सदस्य भएपछि उनले दलित महिला क्षेत्रबाट प्रतिनिधित्व गर्दै संविधान लेखनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

संविधानसभा सभाषद रहेकै बेला उनी माओवादी केन्द्रको सचेतक समेत भइन् । केन्द्रीय सचेतक भएपछि पनि उनी देश संघीयतामा गएपछि प्रदेशको राजनीतिमा होमिइन् । कर्णाली प्रदेश सभा सदस्य रहेकी उनी २०७७ साल असोजमा कर्णाली प्रदेशमा माओवादी केन्द्रको प्रमुख सचेतक भइन् ।

त्यतिबेला उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन आफ्नो ठाउँबाट भूमिका खेलेकी थिइन् । दलित अधिकारका लागि लड्दै आएकी उनी अहिले नेपालकै इतिहासमा पहिलो दलित महिला मन्त्री बन्न सफल भएकी छिन् ।कर्णालीपोस्ट बाट साभार

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *