सायद झमक्क साझ परिसकेको हुदो हो बसिरहेको कोठाको कुनै कुनाबाट कसैले मलाई नराम्ररी घिसारेर बाहिर निकाल्यो ,मैले मेरा घरका अभिबावकलाई गुहार्ने कोशिस गरे तर मेरो मुख च्याप्प समातियो ताकी मेरो चिच्याहाट कसैले नसुनोस भनेर होला। मैले सुनेको थिए तेसरी मुख थुनेर कसैले लगेको नतिजा त एकदमै नराम्रो हुनेवाला छ तेस्माथी म त एक स्त्री जाति जो थिए। मुखै थुनेपछी त म के नै गर्न सक्थे र? म विवस भए बस आफ्ना २ खुट्टा ठटारिरहे । ठटारिरहेका मेरा खुट्टा समेत पक्रिएर आफ्नो आँखा ठुलाठुला पार्दै त्यो राक्षस बोल्यो धेरै दिनपछि आज बल्ल प्यास मेट्न पाइने भो। त्याहाबाट अध्यारो गल्ली तर्फबाट उस्ले मलाई आफ्नो घरमा पुर्यायो । चारैतिर सुनशान बस्ती अलिअलि परबाट कुकुरको आवाज मात्र सुन्निन्थ्यो तेसपछी उस्ले मलाई आफ्नो कोठामा लग्यो र कोठाको कुनामा लगेर राख्यो तेस्तो अनकान्टार ठाउँमा न त मलाई कसैले देख्थ्यो न त कसैले मेरो चिच्याएको आवज नै सुन्थ्यो। सुन्थे त केबल ती वरिपरिका चार भित्ताले जस्ले मलाई सहयोग त गर्न सक्दैन्थ्यो उ त बस रमिता हेरिरहेको थियो तै पनि भन्न मनलागेको धेरै चिज अनि थुक्न मन थ्यो त्यसलाई तर बिचरा त्यो निर्जीव बस्तु उस्को के नै दोष थ्यो र जो म उसमाथी रिस पोखु ,तेस्तो अँध्यारो र कुनामा मलाई राखेर त्यो राक्षस आफूभने निकै हतारिए जस्तोगरि कसैले देख्छ कि झैं गरि येताउती केही खोजिरहेको थियो । म सोचमग्न भए अगिसम्मको त्यो मेरो खुशीको सन्सार एकैछिनमा कोहि शत्रुले तहसनहस पार्न खोज्दै छ ,कोहि येति निर्दयी कसरी हुनसक्छ ,किन मानिस आफुसङ भएको चिजमा संतुष्ट हुदैन ?केहिबेरको आफ्नो मोजमज्जका लागि अर्काको जिबन सकाउन किन येसरी मरिमेट्छन मान्छेहरु? मेरो शरीर गलेर फत्रक्क भयो मुटुको चाल जोडजोडले धड्किन थाल्यो ,सामाजिक संजालमा मानावताका खोक्रा अभिव्यक्ति राख्नेहरुकै झन भित्री अर्को कुमानाबिय रुप देखिन्छ।?? सायद उस्ले आफुले खोजिरहेको बस्तु भेट्यो होला त्यो अगि मलाई राखेको कुनाबाट बाहिर निकालियो मेरा दुई खुट्टा आफ्ना त्यो पथ्थरजस्तो घुडाले थिचेर मेरो घाटिमा पक्रिएर म माथी केही बस्तुले प्राहार गरियो तेसपछी त खै के भो केहि चाल पाउन सकिन।ॐ जय जगदीश हरेको गुन्जाहाट बाट झसङ्ग झस्किए । बिचरो हिजो हाम्रो घरको खोरबाट चोरी भएको कुखुराले आफ्नो बेथा सुनाएको रहेछ ???#सपना#
निरु घिमिरे , बेलका -९ उदयपुर


