NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

बेलका गाइजात्रा विशेष भाग -१

1 Mins read

बेलका विशेष गाइजात्रा २०७८ ( मनोरञ्जन ,रमाइलो )
भाग -१ १)-मलाई यो जिन्दगीले कहाँ पुर्यायो कैले एमाले कैले नेकपा समाजबादि बनायो- धनपती आचर्य
२)-ओराली लागेको हरिणको चाल भो सभापति रहुनजेलसम्म पनि मरेकै हाल भो- सभापति सुशील सेढाई
३)-जिन्दगीले यसरी धोका दियो भाग्य आफ्नो बुझ्न सकिन-रमण भट्टराई ( मेयरमा पराजित )
४)-हिराकाट्ने हिरैमा राखेर अध्यक्ष/ सभापति सिध्याउने बिब्यसमा राखेर – सुर्य नारायण शाह (प्रअ)
५)-आफुलाइ यहाँ पतिको छ चिन्ता तिमि न्याय न्याय भन्छौ- उपमेयर राजकुमारी चौधरी
६)-जैले रिसाउने नीर जैले रिसाउने बाकी रहेका बुद्धचोकका कांग्रेस/ एमाले नि जसपामा मिसाउने- जसपा अध्यक्ष सुरेन्द्र खालीङ
७)-घाम जस्तो चम्किलो जुन हुँदैन जति रुनु कोठा भित्र रुन्छु अरुले देख्ने गरि रुनु हुदैन्न – बाबुराम थापा
८)-जामकी क्याहो म पनि एमाले तिर चिसो बेला पारिलो घाम तिर – केही समय अगाडि एमाले प्रबेस गर्ने माओवादी नेता ,कार्यकर्ता
९)- पार्टीमा सबैले छोडेर गैहाल्नु भो हेर्दा हेर्दै अरु पार्टीको भैहाल्नु भो- सुकदेब चौधरी
१०)-तिमिले पराइ ठानेपछी पराइहुन के भयो र २२ बर्ष सभापति चलाएको बिना पद बस्नु पनि के रहयो र- जय सुबेदि
११)-नविर्से तिमिलाइ नपाय तिमिलाइ अर्थै अर्थमा गुरुङचौरी स्कुलमा भित्रयाए आफुलाइ- प्रअ – सम्मर राई
१२)-जसो गर जे गर जतासुकै लैजाउ मलाई यो मन त मेरो खाउन्जेलको पार्टी हो- राप्रपा अध्यक्ष टिकाराम शर्मा
१३)-ए नजाउन हामिलाइ छोडी दिल चोडी माओवादी कार्यकर्ता – माओवादी केन्द्र अध्यक्ष -मनोज तामाङ
१४)-बेलकाको कबुलियत बन सार्है सार्हो भो सबै तिर आन्दोलन हुदा एमालेलाई बचाउन गार्‍हो भो – नेकपा एमाले अध्यक्ष गणेश बस्नेत
१५)-बिहान उठने वितिक्कै सुंगुर/बदेल देख्न पाइयोस यी हातहरुले सधैंभरी बेलका लेख्न पाइयोस- मेयर दुर्गा कुमार थापा
१६) सम्झिने पानी छर्किने – मेयर हुने आश एमाले फुटेर भयो सत्यनास – दिपक दङ्गाल
१७)तिमी बिना मेरो कोहि छोइन साहरा :- दुर्गा थापा बिनाको नारद निरौला( प्रमुख सल्लाहकार निरौला )
१८) बेलकाको ढुङ्गा पनि सार्है सार्हो भो पुलिसको लौरो खादा मलाई धेरै गार्‍हो भो – माया ओलि कोइराला
१९) एनजीओको तलबको सम्झना, बिजुलीको ब्यापारले सक्दैन मेटन – तिर्थ पराजुली
२०) विद्यार्थी आउछ्न भन्ने , क्याम्पस चलाउ भन्ने आशै आशमा बसिरहन्छु – सुमन कटुवाल क्याम्पस प्रमुख
२१) सहकारीमा हो सहकारीमा, अल्झियो मन मेरो व्याजै व्याजमा – पुस्प सुबेदि
२२) पर्खिबसे आउला भनि समय आयन सभापति हुने पालो कहिले आएन- लवराज अधिकारी
२३) मन पराउने हजार भेटिन्छ जुनि काट्ने कहा भेटिएला – माओवादी नेतृ – गङ्गासरी राई (बुङ्वा)
२४) माछी मार नि हो दाइ हो, घर बारै चलाउन कसो गरौन – अशोक कार्की(अविवाहित पिडा )
२५) सेतिखोला चाइनेजो फनकै घुमेको माननिय हुनलाइ बेलका चाहिएको अहिले गाइघाट सरेको – माननीय अम्बिका थापा
२६) सुरिलो रुखको खुरिलो पात चरिले खोपेको बेलकाको नेता भयर पनि कसैले नचिनेको – राकेश किराँती
२७) ओइ भन्न नपाउदै मलाई आउदै च्याप समाउदै लक डाउनको मौका छोपि लाखौ कमाउदै – उद्योग बाणिज्य अध्यक्ष पर्सुराम अधिकारी
२८) पिरतिको मीठो तिर्सना सकिँदैन च्वाटै बिर्सन -बिदेशमा भएको बेलका बासी
२९) प्यारो बेलका छोडी साझमा इटहरी जादै छु भोलि बिहान फर्कि आउने कसम खादैछु – मोहन घिमिरे
३०) यता दशै उता तिहार खेल्न आयो अख्तियार ,दिनभरि एक्लै बस्छु लालबजार – ढ्क बहादुर बिष्ट
संकलक- भरत घिमिरे

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *