अखिल क्रान्तिकारी उदयपुरको ९ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । “बैज्ञानिक र समाजबादी शिक्षा प्राप्तिको लागि हाम्रो अभियान सुदृढ सङ्ठन निर्माणको लागि ९ औ जिल्ला सम्मेलन ” भन्ने मुलनाराका साथ जिल्ला सदरमुकाम गाइघाट्मा सप्पन्न भएको हो ।
जिल्लाको ४ नगरपालिका ४ गाउपालिका तथा प्रमुख क्याम्पस ,उच्चमाबी, माबी बाट आएका २०० प्रतिनिधिहरुको उपस्थितमा जिल्ला अध्यक्ष बिमल कार्किको अध्यक्षतामा संङ्ठनका केन्द्रिय सदस्य प्रदेश सह- सम्योजक उदयपुर कमान्डर हेमन्त किरातिको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो ।
कार्यक्रममा विशेषअतिथिको निमित्त नेकपा माओवादी केन्द्र उदयपुर जिल्ला अध्यक्ष बिनोद कट्वाल (दिवस) ,अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य उदयपुर इन्चार्ज भरत घिमिरे, जिल्ला नेता राजन किराँती, दोर्ण पौडेल , किरन राई , सन्तोष सुवेदी , कुमार खडका , हेमा अधिकारी , समिक्षा मगर , राधा खड्का लगायत विभिन्न ब्यक्तीहरुको उपस्थितिमा ९औ जिल्ला सम्मेलन भएको हो ।
नेकपा माओवादीको भातृसङ्ठन अखिल क्रान्तिकारीको अहिले देशब्यापी सङ्ठन सुदृढीकरण गर्दै सम्मेलन गरिरहेको छ । असोज ८-१० सम्म केन्द्रिय महाधिवेशन गर्ने तयारीका साथ अहिले सङ्ठन निर्माणमा लागिपरेको हो ।
कार्यक्रममा केन्द्रिय सदस्य भरत घिमिरेले त्यस्तैगरी नेकपा माओवादी केन्द्र उदयपुर सम्योजक बिनोद कट्वाल(दिवस्) प्रमुख अतिथि हेमन्त किरातीले लगायत विभिन्न ब्याक्तीले आफ्नो महत्त्वपूर्ण भनाइ राखेका हुन ।

उक्त सम्मेलन बाट को अध्यक्षतामा ४१ सदस्य जिल्ला कमिटी निर्माण भएको हो । जस्को पहिलो बैठक बाट निम्म अनुसार जिल्ला कमिटी निर्माण भएको हो ।
अध्यक्ष-सिताराम राउत
उपाध्यक्ष-नारायण थापा
उपाध्यक्ष-अभिषेक राई
उपाध्यक्ष रन्जना मगर
सचीव-मिलन बि.क.
सह सचीव- प्रदिप कार्की
सह सचीव- सन्जय राई
सह सचीव-संजिब लुइँटेल
कोषाध्यक्ष- डोमा राई
लगायत ४१ जना समिति । बैठकले प्रदेश सम्मेलन र केन्द्रको सम्मेलनको लागि पनि प्रतिनिधि छनोट गरेको छ ।
पहिलो बैठक पछि उदयपुर जिल्लामा अखिल क्रान्तिकारीलाई पहिलो र सबैको विद्यार्थी सङ्ठन बनाउन लागिपर्न र शैक्षिक माफीया र दलालिको अन्त्य गर्दै समाजबादि शिक्षा प्राप्तिको लागि अगाडि बढ्ने बताइएको छ । नब निर्वाचित कमिटीलाई सङ्ठनका केन्द्रिय सदस्य उदयपुर इन्चार्ज भरत घिमिरेले सफथ खुवाएको हुन ।








