NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

२० जना भन्दा धेरैको ज्यान लिने कोशि टप्पु आरक्षणको मकुना नामको हात्ती विद्युतिय धरापमा परि मृत्यु

1 Mins read

कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको मकुना नामको हात्ती विद्युतीय धरापमा परेर मरेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामका अनुसार किसानले धान खेतमा राखेको विद्युतीय धरापमा परेर उक्त हात्ती मरेको हो ।

घटनास्थल आरक्षको हात्तीसारबाट करिब ८ सय मिटर दूरीमा पर्छ । उक्त हात्तीले गत वर्षको पुसदेखि आरक्षको मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर धेरै व्यक्तिको ज्यान लिएको छ । बस्तीमा पसेर विध्वंस मच्चाउन थालेपछि आरक्षले गत पुसदेखि रातभरि मकुनाको रेखदेख गर्दै आएको थियो ।

बस्तीमा नपसोस् भनेर रातभरि ट्याक्टरमा नेपाली सेना र प्राविधिकले गस्ती गर्दै आएका थिए ।

रामका अनुसार शनिबार राति १ बजेसम्म उक्त हात्ती आरक्ष आसपासमै थियो । राति धेरै समय नदेखिएपछि खानतलासी गर्दा खेतमा लडेको अवस्थामा भेटिएको उनले जानकारी दिए । घटनाबारे विस्तृत अध्ययन भइरहेको उनले बताए ।

मकुनाले आरक्षको मध्यवर्ती क्षेत्रका बस्तीमा २० जनाभन्दा बढी मानिसको ज्यान लिएको थियो । ज्यान जानेमा बेलका नगरपालिका का ७ जना भन्दा धेरै रहेका छ्न ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *