NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

ओलीका कारण देशकाे परिवर्तन धरापमा : शिक्षा र स्वास्थमा लगानी बिना बिकास र समृद्धि सम्भब छैन- राम कार्कि

1 Mins read

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री राम कार्की (पार्थ) ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको बताएका छन्। पार्टी प्रशिक्षणका क्रममा बेलका रामपुरमा आयोजित बेलका नगर कमिटीको बैठकलाई प्रशिक्षण दिदै प्रदेश १ का इन्चार्जसमेत रहेका कार्कीले सो खतरा औँल्याएका हुन्।

कम्युनिष्टहरुले स्थापनाकालदेखि जसका लागि लड्दै आए माओवादीको १० वर्षे जनयुद्धले आधारभूमि तयार गरेपछिको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थालाई एमाले नामको कम्युनिष्ट अध्यक्ष रहेका ओलीबाटै गम्भीर खतरा रहेको उनले बताए। ओलीसँगै पूर्व राजा ज्ञानेन्द्र र कमल थापाहरुबाट परिवर्तका उपलब्धीमाथि धावा बोल्ने काम भईरहेको भन्दै उनले यसको रक्षाका लागि अव सबै परिवर्तनकामी शक्तिहरुलाई माओवादीले एकत्रित गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

परिवर्तका मुद्दा माओवादीले स्थापित गरे पनि संस्थागत हुन बाँकी रहेकै बेला ओली, ज्ञानेन्द्र र कमल थापाहरुबाट लगातार आक्रमण भईरहेको भन्दै कार्कीले यसको रक्षा गर्ने मुख्य दायित्व माआवादीकै भएको बताए। ‘माओवादीले १० वर्षे जनयुद्धबाट धेरै परिवर्तन ल्याएको छ त्यसमध्ये मुख्य संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था हुन्’ कार्कीले भने ‘अहिले यी उपलब्धीमाथि ओली, ज्ञानेन्द्र र कमलहरुबाट गम्भीर धावा बोल्ने काम भईरहेको छ। त्यसको रक्षा गर्न तपाँई हामी सबै लागी पर्नुपर्छ, परिवर्तनकामी अन्य शक्तिहरुले पनि साथ दिनुपर्छ।’

एमालेसँग एकीकरणले गर्दा पनि परिवर्तन खतरामा परेको उनको बुझाई थियो। एकीकरणका कारण त्यत्रो बलिदानीपछि आएको परिवर्तनको संस्थागत गर्ने जिम्मा ओलीको हातमा पुगेपछि अहिले खतरा आउनु स्वभाविक भएको उनको कुरा छ। ‘दुःख गरेर हुर्काएको कुखुराको खोर स्याललाई सुम्पेपछि खाईदिइहाल्छ नी ठट्यौली शैलीमा कार्कीले भने त्यसैले दुईचारवटा कुखुरा घटेका छन्। धन्न स्वाहा भएन।’ प्रचण्डको छिटो विश्वास गर्ने लचिलो स्वभावले गर्दा उनीमाथि आफ्नै पार्टीका साथीहरुले धोका दिदै आएको पनि उनले बताए। ‘पहिले ठूलठूला भाग खोज्छन्, नपाएपछि पार्टी छाडेर जान्छन्। उता पनि केही नपाएपछि फर्केर रोईकराई गर्दै आउँछन्’ एमाले छिरेका बादल, भट्ट, रायमाझी र साहप्रति इंगित गर्दै उनले भने ‘हो त भनेर ठाउँ दिन्छन् केही समयपछि बादलले मादल बनाउन थालेपछि बल्ल थाहा पाउँछन्।’

पार्टीभित्र पुँजीबादी बिचलन बढ्दै गएकोप्रति चिन्ता गरेका कार्कीले संसदीय व्यवस्था भएकाले कतिपय कुरा ढाँटेर पनि गर्नुपर्ने बाध्यता आईपरेको पनि सुनाए। प्रशिक्षणको क्रममा फरक प्रशंगमा नेता कार्कीले कम्युनिष्टहरु नदेखिने कुरामा आस्था गर्ने नभएर व्यवहारिक कुरामा विश्वास गर्ने आचरणको हुनुपर्ने बताए। अर्थात नदेखिने भगवान, भुत, प्रेतभन्दा देखिने जनता र परिवर्तनका लागि हुने द्वन्द्वमा विश्वास गर्नुपर्ने बताए। आस्थाले यथास्थितिमा रम्न बाध्य बनाउने तर, द्वन्द्वले गतिसिलता, परिवर्तन र आधुनिकतातर्फ डोर्‍याउने हुनाले कम्युनिष्टहरु द्वन्द्वातमक भौतिकबादमा विश्वास गर्ने उनले बताए। मान्छे गतिसिल प्राणी भएकैले हरेक कुरा समय अनुसार परिवर्तन हुँदै आएको उनको भनाई थियो।

एमाले यथास्थितिबादी पार्टी भएको भन्दै उनले पार्टी फुटे पनि सूर्य चिन्ह छाड्न नसकेर धेरै नेता कार्यकर्ता त्यही बसेको बताए। ‘सूर्य चिन्ह छाड्न सक्दिन भन्नु र जनाई छाड्न सक्दिन भन्नु उस्तै हो, अनि कसरी एमाले परिवर्तनकारी हुनसक्छ ?’ उनले भने। जनता परिवर्तको पक्षधर भएकैले जंगल छाडेर आएलगत्तै चुनाव जिताएको उनले बताए।

१० वर्ष जनयुद्ध लडेको माओबादीलाई जंगली भन्ने गरेका जनताले ०६४ को संविधानसभा चुनावमा बहुमत दिएको उदाहरण दिदै तयतिबेला पनि सूर्य चिन्ह थियो तर, किन एमाले जितेन भन्ने प्रश्न गरे। चुनाव चिन्ह मात्र ठूलो कुरा नभएर विचार, नीति, सिद्धान्त महत्वपूर्ण हुने भन्दै उनले चुनावमा वहुमत ल्याए पनि काँग्रेस र एमालेजस्तै व्यवहार गरेपछि ०७० को चुनावमा जनताले फेरि माओबादीलाई हराईदिएको बताए।

माओवादीले अघि सारेको संघीयता, गणतन्त्र र समावेशिताको नारालाई संस्थागत गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिदै उनले गणतन्त्र भाषण र कुरा गराईमा मात्र सीमित नभएर व्यवहारमा लागू गर्न कार्यकर्तालाई निर्देशन दिए। गणतन्त्रलाई घर, अस्पताल, कार्यालय, गोठ, खेतबारी र जताततै पुग्नसक्ने बनाउनुपर्ने बताउदै उनले संसद, बैठक र मञ्चमा मात्र गणतन्त्रलाई सीमित राखिराख्ने हो भने ओली, ज्ञानेन्द्र र कमलहरुले शीर ठाडो पारेर जनतालाई लात हान्ने उनको भनाई थियो।
कार्किले देश बिकास र समाजवादको लागि सबैभन्दा पहिले शिक्षा र स्वास्थमा लगानी गर्नुपर्ने र अहिलेको पाठ्यक्रम जति सक्दो फेरेर गरि खाने शिक्षा ,व्यबहारिक शिक्षा दिनु पर्ने वताय। बिस्वका मुलुक हेर्ने हो भने सबैभन्दा धेरै शिक्षा र स्वास्थ्यमा लगानी गरेको कारण ती देश समुन्नत छ्न । पश्चिम् बङ्गाल र केरलाको उदाहरण दिदै प्रशिक्षण कार्यक्रममा स्थानीय राजनीतिक दलले विशेषत माओवादीले सामुदायिक स्कुल सुधारगर्न जोड दिए।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *