NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

प्रथम उदयपुर मलिथम फुटवल च्याम्पियनसीप कप – २०२१ जोगिदहले जित्यो

1 Mins read

कृष्णमान चौधरी ,उदयपुर । प्रथम उदयपुर मलिथम फुटवल च्याम्पियनसीप कप २०२१ को फाइनल खेलमा जे.वाइ.सि,जोगिदह उपाधी हात पार्न सफल भएको छ ।

फाइनल खेलमा जे.वाइ.सि जोगिदहका टीमले १ गोल गरि आफ्नो टीमलाई अग्रता दिलाइ उपाधी हात पार्न सफल बनाएका छन । खेलको समय अबधिभरी हडिया एफ.सि ,हडियाले भने कुनै गोल गर्न सकेनन् ।

मलिथम थारु सेवा समाज उदयपुरको आयोजनामा वडा दशै र आउदै गरेको शुभ दिपावलीको अवसर पारेर गत महिना असोज ३० गते सुरु भएको खेलमा फाइनल खेल कार्तिक २ गते अकस्मात आएको हावा,हुरी र अबिरल बर्षाका कारणले फाइनल खेल हुन नसकेको संस्थाका अध्यक्ष सन्जय चौधरीले जानकारी गराउनु भयो।प्रतिकुल मौसमका कारणले खेल समपन्न हुन नसकेको कुरा मलिथम थारु सेवा समाज उदयपुर को फेसबुक पेजबाट समेत जानकारी गराइएको र पछि खेलको फाइनल खेल कार्यसमितिको मिटिङ्ग पछि टुंगो लागेपछी फाइनल खेलको मिति तय गरि कार्तिक १३ गते सनिवार सो खेल सप्पन्न भएको आयोजक कमिटीले जानकारी दिए।

बेलका नगरपालिका १ स्थित श्री जनता वेलका मा.वि , पुरन्दहको खेलमैदानमा च्यामपियनशिपको समापन खेल सप्पन्न भएको छ । “लागु पदार्थ दुर्ब्यसनी विरुद्धको अभियान” भन्ने मूल नाराका साथ उदयपुर जिल्लाको थारु समुदायको युवाहरुलाई लक्षित गरी च्यामपियनशिपको अयोजना गरेको संस्थाका संस्थापक सल्लाहकार भिभास चौधरीले बताए ।उहाले हरेक साल च्याम्पियनसिप आयोजना हुने र प्रत्येक वर्ष फरक फरक नगरपालिकामा संचालन हुने जानकारी दिए । सन् २०२२ चौदन्डिगढी नगरपालिका र २०२३ मा त्रियुगा नगरपालिका गाईघाटको थरुहट रंगशालामा संचालन गर्ने योजना रहेको बताए ।

समापन खेलमा प्रमुख अतिथी बेलका नगरपालिका वडा १ का वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरीले गर्नुभयो । उहाँले थारु समुदायको लागि अत्यन्तै राम्रो कार्यक्रम रहेको र यो कार्यलाई निरन्तरता दिन आयोजक कमिटीलाई आग्रह समेत गर्नुभयो । यश खेलका लागि आफुले सक्दो सहयोग सधैब गर्न तयार रहेको जानकारी गराउनुभयो । थारु युवाहरुलाई प्रोत्साहनको लागी खेलकुदको आयोजना गरेकोमा आयोजक समुहलाई उहाँले धन्यवाद समेत दिनुभयो ।

प्रतियोगिताका बिजयी टीमले नगद रु २५ हजार,शिल्ड,मेडल र प्रमाणपत्र त्यसगरी उपबिजेताले नगद रु १५ हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको र बेस्ट खेलाडी ,म्यान अफ द म्याच,बेस्ट डिफेन्डर ,सर्वाधिक गोलकर्ता,बेस्ट किपिङ्ग र उदयमान खेलाडी लाई आकर्षक कप पुरस्कार बितरण गरेको आयोजक कमिटीले जानकारी गराउनु भयो।

कार्यक्रम सन्चालन सन्चारकर्मी डिएन खोहरिया थारुले गरेका थिए।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *