केन्द्रमा केपी ओली नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादीको बेलका नगरकमिटी गठन गरिएको हो ।
जिल्ला अध्यक्ष राममणी पोख्रेल, उपाध्यक्ष कर्ण श्रेष्ठ ,सचीव जयराम पन्जियार,जिल्ला सदस्य रितु पान्डे लगायत जिल्ला स्तरिय नेताहरुको उपस्थितमा नबराज भट्टराईको सम्योजकत्त्वमा ३५ सदस्य तदर्थ बेलका नगरकमिटी गठन भएको हो जस्को सह-सम्योजकमा अन्जु खड्का ,सचिवमा अनिल गेलाङ्ग, सह सचिवमा श्रीकुमार घिमिरे लगायत ३५ सदस्य कमिटी गठन भएको बताय जिल्ला सदस्य रितु पान्डेले
सङ्ठन निर्माण र बेलकाको नौ वार्ड्मा एक महिना भित्र कमिटी गठन गर्ने ,विभिन्न बर्गिय सङ्ठन निर्माण गरि बेलकाबासिको प्यारो र भरपर्दो पार्टी बनाउन जनताको घर दैलोमा जाने बताय सम्योजक नबराज भट्टराईले ।

बेलकामा भएको ब्याप्त अनियमितता ,दुरुपयोग ,भस्ट्चार र हावाकुराले बेलकाको जनता आक्रन्त भएको र बैकल्पिक सक्तिको खोजीमा रहेको हुदा एकीकृत समाजवादिमा आवद्ध ,हुन सम्पुर्ण न्याय प्रेमि ,बामपंथी ,प्रगतिशील ,किसान ,मजदुर ,महिला , युवा हरुलाई आग्रह समेत गरिएको छ ।
एमाले बाट फुटेर अर्को नया दल गठन भयपछी एकीकृत समाजबादी पार्टीको चुनाव चिन्ह कलम रहेको र ७ प्रदेश मध्य १ र ३ मा मुख्यमन्त्री एकीकृत समाजवादिको भएको र केन्द्रमा पनि सरकार समाबेश भएको छ ।


