NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेकपा माओवादी केन्द्र प्रदेश नम्बर एकको अध्यक्षमा उदयपुरका खत्रीको दावी

1 Mins read

नेकपा माओवादी केन्द्रका प्रदेश नेता उदयपुरमा चर्चित युवा नेता मोहनबहादुर खत्रीले १ नं. प्रदेशको अध्यक्षमा दावी गरेका छन् । प्रदेशको सिनियर क्याडरको हैसियतले अध्यक्षमा दावी रहेको खत्रीेले बताएका छन् ।
“हामीले दावी किन नगर्ने ?” उनले भनेका छन् “जनयुद्धको प्रारम्भदेखी पूर्णकालिन भएर इतिहासले दिएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्दै यहाँसम्म आएको छु ।”
पार्टीका तीन केन्द्रिय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले अध्यक्षको दावी छाडेपछि खत्री प्रदेश अध्यक्षको बलियो दावेदारीमा देखिएका हुन् । खत्रीले नेतृत्व गर्ने जिम्मेवारी दिन आव्हान गर्दै प्रदेश पार्टीलाई विचार र संगठन दुवै दृष्टिकोणबाट नेतृत्व प्रदान गर्ने बताएका छन् ।
पार्टीको प्रदेश सदस्य खत्री, निरन्तर पार्टीको अग्रमोर्चामा रहेर काम गर्नेमा पर्दछन् । संविधानसभा सदस्यसमेत रहेका खत्रीले विगतमा केन्द्रिय जिम्मेवारीसमेत वहन गरिसकेको भएपनि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकिकरण भएर नेकपा हुँदा केन्द्रिय जिम्मेवारी पाउनबाट बन्चित भएका थिए । पछिल्लो समय उनले उदयपुर भुगोलमा रहेर राजनीति गर्दै आएका छन् ।
प्रदेश नेतृत्वमा दावी राखेका तीन नेताहरु राई, लिम्बु र भण्डारीले तल्लो लेबलबाटै नेतृत्व चयन गर्ने कुरामा सहमती गरेका छन् । माथिल्लो तहका नेताहरुले नेतृत्वका लागि दावी छाड्ने सहमती गरेसंगै खत्री लगायत प्रदेश नेताहरुले दावी अघि सारेका हुन् । खत्रीसंगै पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र पुक्साहाङ मेन्याङ्बोले दावी गरेका छन् । यी चार दावेदार मध्ये कसले नेतृत्व पाउने हुन् हेर्न बाँकी छन् ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *