NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

क्रिकेट खेलाडीमाथि गरिएको कारवाही फिर्ता लिन क्यानकै बोर्ड सदस्यहरूले गरे माग

1 Mins read

क्रिकेट खेलाडीमाथि गरिएको कारवाही फिर्ता लिन क्यानकै बोर्ड सदस्यहरूले गरे माग
नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारवाहीबारे नोट अफ डिसेन्ट लेखेका ६ जना बोर्ड सदस्यले कारवाहीमा आपत्ति जनाएका छन् ।
क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले बुधवार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारवाही फिर्ता गर्न माग गरेका हुन् ।
साथै कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारवाही गरेको आरोप लगाउँदै कारवाही फिर्ता लिनुपर्ने माग पनि गरिएको छ ।

सोही पत्रकार सम्मेलनमा पुस १३ र १४ गते हुने भनिएको साधारण सभालाई ‘अवैधानिक’ भन्दै तत्काल रोक्न पनि माग गरिएको छ ।

क्यानको विधानअनुसार जिल्ला संघहरूको साधारण सभा प्रत्येक चार वर्षमा हुनुपर्ने र २० भन्दा बढी जिल्लाको समयसीमा सकिएकाले त्यहाँबाट आउने प्रतिनिधि नै अवैधानिक हुने भन्दै ६ जना बोर्ड सदस्यले साधारण सभा अवैधानिक भनेका हुन् । 

क्यानका ६ जना बोर्ड सदस्यले बुधवार संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै आफूहरूले असोजमा भएको बैठकमा खेलाडी ग्रेडिङको मापदण्ड र प्रस्तावमाथि मत राखे पनि त्यसलाई बेवास्ता गरिएको बताए । 

खेलाडीले सामान्य असन्तुष्टि जनाउँदा ठूलो प्रतिक्रिया देखाएको, दुई घण्टाको समय राखेर बोलाइएको जुम बैठकबाट राष्ट्रिय टोलीका कप्तानसहित चार मुख्य खेलाडीलाई कारवाही गर्ने अपरिपक्व निर्णय गरिएको, बैठकका लागि सदस्यहरूलाई एजेन्डा उपलब्ध नगराएको, नेतृत्वले स्वेच्छाचारी तवरबाट संघ चलाएको लगायतका आरोप लगाइएको छ ।

पत्रकार सम्मेलनबाट क्यानको वर्तमान नेतृत्व अन्तर्राष्ट्रिय क्रिकेट परिषद् क्यानमाथिको प्रतिबन्ध पूर्णरूपमा फुकुवा गराउन नसकेको तथा नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्त्वपूर्ण योगदान गरेका खेलाडीलाई सम्मानको साटो नियोजित कारवाही गरिएको आरोप लगाएका छन् ।

साथै क्यानको नेतृत्व एकतर्फी तरिकाले मात्र अगाडि बढेको, कार्यसमिति निर्वाचित भएको दुई वर्ष बितिसक्दा समेत आफ्नो वार्षिक क्यालेन्डर बनाउन नसकेको, चुनावपूर्व नै घोषणा गरेको नेपाल प्रिमियर लिग गर्न नसकेको, नेपाल ट्वान्टी–२० का नाममा प्रतियोगिता गर्ने घोषणा गरेर भारतीय कम्पनी ‘सेभेन थ्री स्पोट्र्स’सँग सम्झौता भए पनि प्रतियोगिता हुन नसकेको, प्रतियोगिता गर्न नसकेकोमा सेभेन थ्रीले क्यानका सबै बोर्ड सदस्यलाई धम्कीपूर्ण इमेल पठाएको तर प्रतिउत्तर नदिएको लगायतका विषयमा प्रश्न गरेका छन् ।

क्यानले गरेको खेलाडी वर्गीकरणमाथि असहमति जनाएका कारण कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित राष्ट्रिय टोलीका मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीमाथि अनुशासनको कारवाही गरेको थियो । 

कारवाहीस्वरुप ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट हटाइएको थियो । क्यान नेतृत्वले ज्ञानेन्द्रको स्थानमा सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको छ । 

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *