NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

उदयपुर कांग्रेसमा एकातिर बिपी सम्झिदा अर्को तिर बनभोज

1 Mins read

नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन। २०३३ साल पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, जस्ता काङ्रेसका नेताहरुले निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउदै आएको छ ।


सोही मेलमिलाप दिवसको अवसरमा शुक्रबार उदयपुर जिल्लाको क्षेत्र नं १ ले शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ७ स्थित सिटीहलमा काङ्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य राजिव ढुङ्गानाको प्रमुख आतिथ्यता तथा उदयपुर जिल्ला क्षेत्र नं १ का क्षेत्रिय सभापती एवम चौदण्डीगढी नगरपालिकाका नगरप्रमुख खगेन्द्र राइको सभापतित्वमा मेलमिलाप दिवस मनाएको हो। उदयपुर जिल्ला क्षेत्र नं १ ले आयोजना गरेर्को उक्त कार्यक्रममा जिल्लाका अधिकांश नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो तर जिल्लाकै एउटा समुह भने उक्त मेलमिलाप कार्यक्रममा उपस्थित नभएर त्रियुगा नगरपालिकाको वडा नं ११ ढिम्की पिकनिक स्पोर्टमा वनभोजमा ब्यस्त रहेको बताइएको छ।चौदण्डीगढी सिटिहलमा आयोजित ४६ औं मेलमिलाप दिवस कार्यक्रमका अधिकांश वक्ताहरुले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धा भित्र भएको पराजय सहन नसकेर पार्टीले आयोजना गरेको कार्यक्रममा उपस्थित नभई वनभोजमा ब्यस्त हुनेहरुको पहिचान आम काङ्रेसले गरेको भन्दै उक्त कार्यको बिरोध जनाएका थिए।
नेपाली काङ्रेस क्षेत्रिय कार्यसमिती क्षेत्र नं १ को आयोजनामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी काङ्रेस केन्द्रिय सदस्य ढुङ्गानाले सहमती, सहकार्य, मेलमिलाप नै आजको आवश्यकता रहेको भन्दै उदयपुर काङ्रेसलाई एक भएर अघी बड्न समेत आग्रह गर्नु भएको थियो। वहाँले काङ्रेस भित्र पुस्तान्तरणको आवाज उठिरहेको बेला धेरै युवाहरु काङ्रेस केन्द्रिय कमिटीमा निर्वाचित भएको भन्दै देशलाई काङ्रेस मय बनाउने जिम्मेवारी समेत आफुहरुको काधमा आएको बताउनु भएको छ। ढुङ्गनाले काङ्रेसलाई सक्षम र सवल बनाउन आफुले तीन निती अवलम्बन गरेको भन्दै ती नितीमा, काङ्रेसलाई ब्यबस्थित गर्नु, अनुशासित बनाउनु र सांगठनिक बनाउनु रहेको समेत तर्क राख्नु भएको थियो।
वहाँले पुराना कुरामा नअल्झिन, आन्तरिक प्रतिस्पर्धामा जित्नेले घमण्ड नगर्न र पराजय हुने निरास नबन्न समेत आग्रह गरेको हुन ।
कार्यक्रममा अधिकांश वक्ताहरुले उदयपुर काङ्रेस प्रष्ट दुई धुर्वमा रहेकोले आशन्न निर्वाचनमा संयमित भएर अघी बड्नु पर्ने बताएका थिए। बक्ताहरुको भनाइ सुनेका ढुङ्गानले कम्युनिष्टहरु फुटेका छन भनेर दम्भ नराख्न र जनताको मन जितेर आशन्न निर्वाचनमा शतप्रतिसत जीत निकाल्न समेत उदयपुर काङ्रेसलाई सुझाव दिनु भएको थियो। उदयपुर जिल्ला क्षेत्र नं १ मा आफु प्रमुख अतिथी भएर आउन पाउनु गौरवको कुरा रहेको भन्दै यो क्षेत्र हरेक काल खण्डमा काङ्रेसको जित निकाल्दै आफ्नो किल्ला स्थापित गर्न सफल क्षेत्र भएको हुँदा यस्तो क्षेत्रमा आउन पाउनु आफ्नो सौभाग्य भएको धारणा समेत राख्नु भएको थियो।
उदयपुर जिल्लाको क्षेत्र नं १ कार्यसमितीले आयोजना गरेको उक्त कार्यक्रमका सभापती तथा काङ्रेस क्षेत्रिय सभापती एवम चौदण्डीगढीका मेयर खगेन्द्र राइले मेलमिलाप कार्यक्रममा उपस्थित हुन जिल्लाका सबै तह र तप्काका नेताकार्यकर्तालाई निमन्त्रणा गरिएको भएपनी केही जिम्मेवार नेतागणहरुले कार्यक्रम बहिष्कार जस्तै गरेर उपस्थिती नहुनु र वनभोजमा ब्यस्त हुनु दु:खद रहेको भन्दै आफु सधैं सबै पक्षलाई मिलाएर जान प्रतिबद्ध रहेको समेत बताउनु भएको छ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस र उसका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले सभा, गोष्ठी लगायतका कार्यक्रम देश भर मेलमिलाप दिवस मनाइ रहदा उदयपुरमा भने संस्थापना इतर पक्षका नेताकार्यकर्ता भने वनभोजमा ब्यस्त रहेका थिए।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *