NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

परराष्ट्रमन्त्री डा. नारायण खड्का सहित १० जना नेपाली कांग्रेस केन्द्रिय सदस्यमा मनोनीत

1 Mins read

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन् ।

शनिबार उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित १४औँ महाधिवेशनमा आफ्ना प्रतिस्पर्धी समेत रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधि, पूर्वउपसभापति विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, नेत्री सुजाता कोइरालालगायत नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

मनोनीत हुनेमा दुई मन्त्री पनि छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्का र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी पनि केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।

यस्तै, डा. प्रकाशशरण महत र मीनबहादुर विश्वकर्मालाई पनि मनोनीत गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १३४ जना महाधिवेशनमार्फत चयन हुन्छन् । सभापतिले क्लष्टर मिलाएर ३३ जना मनोनीत गर्न पाउने व्यवस्था विधानमा छ ।

आज केन्द्रीय सदस्य मनोनीतमध्ये सिंह र निधि १४औँ महाधिवेशनमा सभापति पदमा पराजित भएका थिए ।

यस्तै, देउवाको प्यानलबाट गच्छदार उपसभापतिमा र डा. महत महामन्त्रीमा पराजित भएका थिए । सुजाता प्रकाशमान प्यानलबाट उपसभापतिमा पराजित भएकी थिइन् ।

विश्वकर्माले केन्द्रीय सदस्यबाट उमेदवारी फिर्ता लिएका थिए । पौडेल सिटौला र खडका कुनै पनि पदमा उमेदवार बनेका थिएनन् ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *