NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

चौदन्डिमा माओवादीलाई धक्का पुर्व पार्टी सचिव रमेश बिक सहित १३२ जना कांग्रेस प्रवेश

1 Mins read

चौदण्डीगढी नगरपालिका वडा नं.- २ माडिवास निवासी माओवादीका एक होनाहार युवा समाजसेवी तथा पार्टीको नगर सचिव रमेश विक र -७ नं. वडाका दिलिप सेवासहित सयौ कार्यकर्ताहरु मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

युवा समाजसेवी तथा दलित नेता ७ नं. वडाका दिलिप सेवा, २ नं. कै हाल माडिवास टोलविकास समितिकी अध्यक्ष टिकासरी राई, रामबहादुर विक लगायत १ सय ३२ जनाले माओवादी परित्याग गरि कांग्रेस प्रबेस गरेको हुन।

बेल्टार स्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नगर प्रमुख तथा क्षेत्रीय सभापति खगेन्द्र राई लगायतले अविर र खाँदा पहिराइ स्वागत गरेका थिए ।

नव प्रवेशी नेता विकले पार्टीमा अधिनायकवाद र व्यक्तिवादी चरित्र हावी भएकाले नागरिकको सेवा भन्दा आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्ति बढेकोले बाध्यभएर पार्टी छोड्नु परेको बताए ।
उनले भने, ‘पार्टी आफ्नै बिर्ता झै ठानेर स्वइच्छाचारी प्रवृत्तिले पार्टी सञ्चालन गर्ने र योगदानको मूल्यांकन नगर्ने र पार्टीको निति सिद्धान्तभन्दा फरक तरिकाले हुकुमी शैली हावी भएपछि हामीले पार्टी छाड्न निर्णय गरेका हौं ।’
बिक नेकपा माओवादी केन्द्र चौदन्डिगढिको अध्यक्षको दाबेदार थिय भने उम्मेद्बार धेरै हुदा टुंगोमा नपुगिसक्दा छलफलकै क्रममा कांग्रेस प्रवेश गरेको हुन ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *