NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने यस्तो कारण आउन सक्छ

1 Mins read

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क (सेक्स) गर्न सक्दैनौं। यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ। विवाहित व्यक्ति पनि सधैं शारीरिक सम्पर्क गर्न सक्षम हुन सक्छन् भन्ने हुँदैन। तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ?

यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरै खाले परिवर्तन आउन सक्छन्। तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय यौन सम्पर्क नगर्दा भएको हो भनेर। यो आलेखमा लामो समय यौन सम्पर्क नगर्दा मानिसमा हुने शारीरिक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ।

सम्बन्धमा तितोपना : कुनै समय तपाईं आफ्नो पार्टन या जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन। कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन। अर्थात् तपाईंहरु दुई जना बीच राम्रो सम्बन्ध छैन। यसको एक प्रमुख कारण लामो समय यौन सम्पर्क नहुनु पनि हो। खास गरेर पति-पत्नीबिच यस्तो समस्या बढी देखिन्छ। लामो समय यौन सम्पर्क नहुँदा पति-पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ।

कामेच्छामा परिवर्तन :लामो समयसम्म यौन सम्पर्क नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित। लामो समयसँग यौन सम्पर्क नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामेच्छा (यौन चाहना) जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै कम हुन्छ अर्थात् घटेर जान्छ।

थकान महसुस : तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म यौन सम्पर्क नगर्नु पनि एक हुन सक्छ। अर्थात् नियमित यौन सम्पर्क गर्ने व्यक्तिले लामो समयसम्म यौन सम्पर्क गरेनन् भने यस्ता व्यक्तिमा मानसिक दबाब र थकान महसुस हुने सम्भावना बढेर जान्छ।

निद्रा नलाग्ने समस्या : लामो समयसम्म यौन सम्पर्क नगरेका व्यक्तिमा देखिने प्रमुख समस्यामध्ये एक हो, निद्रा नलाग्नु। यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क गर्नुभएको छैन भने तपाईंलाई राति निद्रा नलाग्ने समस्या देखिन सक्छ।

रोग प्रतिरोधात्मक क्षमतामा कमी : तपाईंलाई थाहा नहुन सक्छ कि, तपाईंको सामान्य रुघा-खोकी कहिलेकाहीँ यौन सम्पर्क गर्दा नै ठिक हुन सक्छ। यौन सम्पर्कले तपाईंलाई शारीरिकसँगै मानसिक रूपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर (प्रतिरोधात्मक क्षमता) बढेर जान्छ। जसका कारण सामान्य खोले बिमारीबाट सेक्स गर्दा पनि छुट्करा पाइन्छ। तर,तपाईंले लामो समयसम्म सेक्स गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी (जस्तै रुघा-खोकी)बाट मुक्ति पाउन पनि औषधि लिनुपर्ने अवस्था आउन सक्छ।

गोप्य अङ्गमा संक्रमण :तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ कि, लामो समय यौन सम्पर्क नगर्दा तपाईंको गोप्य अंग (यौनाङ्ग)मा संक्रमण हुन्छ भनेर तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ। लामो समयसम्म यौन सम्पर्क नगर्नु भनेको यौनाङ्गको सक्रियता कम हुनु हो। सक्रिय हुन नपाएपछि यौनाङ्ग कमजोर हुन्छ। एक रिसर्चका अनुसार लामो समयसम्म यौन सम्पर्क नगर्ने महिलाको यौनाङ्गको छाला कमजोर र पातलो हुन जान्छ।जसले गर्दा यौनाङ्गमा संक्रमण हुने खतरा पनि बढी हुन्छ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *