नेपाल रग्वी संघ प्रदेश नम्बर एकको साधरण सभा सप्पन्न अध्यक्षमा बिनोद कट्वाल
बिराटनगरमा भएको पहिलो साधरण सभामा प्रदेश सम्योजक किरण गिरिको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथिको लागि प्रदेश खेलकुद विकास समितिका उपाध्यक्ष जिनाजङ् कार्किको प्रमुख उपस्थितमा ,उदयपुर खेलकुद विकास समितिका अध्यक्ष बिनोद कट्वाल “दिवस ” को विशेषअतिथि र हामि युवा समुहका सदस्य सबिन दाहलको उपस्थितमा सप्पन्न भएको हो । 
पहिलो सम्मेलनले निम्न समिति सर्बसहमत चयन गरेको हो ।
अध्यक्ष – बिनोद कट्वाल (उदयपुर )
उपाध्यक्ष – मनिषा आचर्य (पाँचथर)
उपाध्यक्ष – पछि मनोनीत गरिने
सचिव – मनिष सोनि(मोरङ)
कोषाध्यक्ष – विपिन पोख्रेल (ईलाम)
सदस्य – डिल्ली राज भन्डारी (मोरङ)
सदस्य – अनिल सुवेदी(झापा )
सदस्य – सुनिल देब (मोरङ)
सदस्य – मनिषा सुनुवार ( उदयपुर )
सदस्य – भरत घिमिरे (उदयपुर )
सदस्य – पछि मनोनीत गरिने
प्रथम अधिबेशनले केन्द्रिय प्रतिनिधिमा दुई जनालाई सर्बसहमत चयन गरेको हो ।जस्मा निम्न बमोजिम
किरण गिरि ( मोरङ)
बिनोद कट्वाल (उदयपुर )
के हो रग्वी ?
नेपाल रग्बी संघलाई विश्व रग्बी महासंघले सदस्यता प्रदान गरेको छ। विश्व रग्बीको अक्टोबर १८ मा सम्पन्न बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी संघले जनाएको छ।
सन् २०१२ मा स्थापना भएको नेपाल रग्बीले २०१८ मा एसिया रग्बी महासंघको पुरक सदस्यता पाएको थियो।
एशिया रग्बी महासंघको सिफारिसमा नेपाललाई एसोसिएट राष्ट्रको मान्यता प्रदान गरेको हो। एशिया रग्बी महासंघले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी महासंघलाई पत्राचार गरेको थियो।
विश्व रग्बीको सदस्यता पाउनु नेपाल रग्बी खेलको विकासको लागि गरेको मेहनतको फल भएको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जारी गरेको विज्ञिप्तिमा भनिएको छ। महासंघले सुम्पेको जिम्मेवारी निर्वाह गर्न नेपाल तयार रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।


