NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

सामाजिक मुद्दामा टिकट्क बनाउने लाई हजारौं पुरस्कारको व्यवस्था

1 Mins read

सामाजिक मुद्दामा टिकट्क बनाउने लाई हजारौं पुरस्कारको व्यवस्था
राष्ट्रिय युवा परिषद्ले सामाजिक चेतनामूलक भिडियो निर्माण गरेर युट्युब तथा टिकटक माध्यमबाट प्रशारण गर्ने प्रतियोगिता आयोजना गरेको छ । 

परिषदले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक सन्देशमूलक युट्युब तथा टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।


टिकटक तथा युट्युब भिडियो निर्माण गर्न इच्छुक व्यक्ति तथा समूहले सामाजिक मुद्दामा टिकटक तथा युट्युब भिडियो निर्माण गरी आफ्नै टिकटक एकाउण्ट तथा युट्युब च्यानलमा अपलोड गर्नुपर्ने परिषद्ले जनाएको छ ।

लागुपदार्थ दुव्र्यसन विरुद्धमा युवा, लैङ्गिक तथा जातीय विभेद र छुवाछुत विरुद्धमा युवा, धामी झाँक्री बोक्सी जस्ता कुप्रथा विरुद्धमा युवा, छाउपडी प्रथा, रजस्वला समयमा गरिने भेदभाव र छुवाछुत परम्परा विरुद्धमा युवा विषयमा टिकटक तथा युट्युव बनाउन सकिनेछ । 

यस्तै, बन्यजन्तु तथा वतावरण संरक्षणमा युवा, स्वस्थ खाना अभियानमा युवा (जंक फुड विरुद्धमा युवा),  भ्रष्टाचार विरुद्ध तथा सुशासनको लागि युवा, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनमा युवालगायतका विषयमा पनि टिकटक तथा युट्युव बनाउन सकिने परीषद्ले जनाएको छ ।

परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्माका अनुसार साउन २२ सम्म टिकटक तथा भिडियो अपलोड गर्नुपर्नेछ ।

धेरैजनाले एक भिडियो निर्माण गरेको भए प्रमाणपत्र सबैलाई दिइनेछ । तर, पुरस्कृत भएमा एक भिडियोको लागि एक पुरस्कार मात्र व्यवस्था गरिनेछ ।

टिकटक भिडियोतर्फ प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारको रासी क्रमस ३० हजार,  २० हजार,  १५ हजार र  १० हजार उपलब्ध गराइनेछ । त्यस्तै, युट्युब भिडियोतर्फ प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कारको रासी क्रमस : ४० हजार, ३० हजार, २० हजार र १० हजार हुने उपलब्ध गराइनेछ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *