सुनसरीको झुम्कामा महुली लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सप्पन्न ।

आवर बेलका/ हाल लघुवित्तबारे फैलिएका विभिन्न भ्रम चिर्ने उद्देश्यले महुली लघुवित्तको झुम्का शाखाले मिति २०७९ चैत्र १५ गते सुनसरी जिल्लाको रामधुनि नगरपालिका वडा नम्बर ८ र ९ नम्बरका स्थानमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा संस्थामा आबद्ध सदस्य, अभिभावक, स्थानीय उद्यमी, व्यवसायी, विभिन्न संघ/संस्थाका प्रतिनिधिमाझ भएकाे कार्यक्रममा लघुवित्तकाे महत्त्व र कर्जा बारे जानकारी गराइएकाे थियाे ।
महुली लघुवित्तका चतरा कलस्टर प्रमुख महेश चौधरीले लघुवित्तको कर्जा सदुपयोग गरी उद्यमी बनेकाहरूको चर्चा गर्नुका साथै ऋण नतिर्दा पर्नसक्ने असरबारे बताएका थिए । उनले भने, ‘लघुवित्तहरूले देशकाे गरिबी घटाउन याेगदान गरेका छन् । पछिल्लाे समय लघुवित्तलाई बदनाम गराउने गरी भ्रम फैलाइएको छ । यसको पछि लाग्न हुँदैन । लघुवित्त त विपन्न र मध्यम आए भएका नागरिककाे प्रगतिका सारथी हुन् ।’ भनेका थिए भने यसै महुलि लघुवित्त झुम्का शाखाका शाखा प्रमुख ईन्दिरा कट्वालले शाखाको वर्तमान अवस्था र सदस्यहरुले पालना गर्नुपर्ने नितिनियमका बारेमा जानकारी गराएकि थिईन ।
लघुवित्त संस्था विरुद्ध संघर्ष समितिमा आबद्धहरूले कर्जा नतिरेर संस्थासँगै राज्यलाई नै आर्थिक भार बोकाउन लागेको भन्दै यस्ता गतिविधिविरुद्ध सम्पूर्ण लघुवित्तकर्मी एक हुनुपर्ने धारणा संस्थाका सदस्यहरूले राखेका थिए । सरकारले पनि बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधिमाथि कडाइ गर्नुपर्ने स्थानीयको माग थियो ।


