मदन अधिकारी/ ओखलढुङ्गा
ओखलढुङ्को मानेभज्यांग गाउपालिका वार्ड न ४ मानेभञ्ज्याङ स्थित महुली लघुबित वितिय संस्था लि ले वित्तिय साक्षरता कार्यक्रमलाई तिव्रता दिएको छ , उक्त लघुवितका सदस्य तथा अभिभावकलाई वित्तिय साक्षरता कार्यक्रमलाई जोड दिएको हो । गत चैत्र ८ गते बाट सुरु भएका अभियान खोटाङ जिल्लाका हलेसि तुवाचुङ्ग नगरपालिका अन्तर्गत दाम्लि, ओखलढुङा जिल्ला अन्तर्गत मानेभञ्ज्याङ गाउपालिकाका मानेभञ्ज्याँग, सुनकोशी गाउपालीका अन्तर्गत माटे र उदयपुर जिल्लाकाे कटारी नगरपालिका अन्तर्गत लिम्पाटार, गहुवारी र घुर्मि गरि हाल सम्म छ स्थानमा सकेको छ भने अन्य स्थानहरूमा जारि रहेको लघुवितका मानेभञ्ज्यांग शाखा प्रवन्धक होम कुमार सिंहले जानकारी दिनु भयाे । उहाको अनुशार चालु आव शाखामा आवद्ध सम्पूर्ण सदस्य एव अभिभावकहरू २००० जनालाई साक्षरता कार्यक्रम प्रदान गर्ने लक्ष्यका साथ सुरू भएको अभियानमा हाल सम्म ५५० जनालाई प्रदान गरिएको छ।
सो कार्यक्रमहरूमा लघुवितका सदस्य तथा अभिभावकलाई राष्ट्र बैंकको परिवर्तत निति नियम निर्देशन वारे जानकारी गराउने, रकमलाई कसरी चलायमान गराउन सकिन्छ साथै सदस्य, अभिभावकका संस्था प्रतिको जिज्ञासा गुनासा, सल्लाह सुझाव लिदै बिभिन्न समसमाहिक विषयमा जानकारी प्रदान गरि शाखा प्रमुख होम कुमार सिंहले बताउनु भयो साथै साेहि कार्यक्रममा यस शाखामा आवद्ध रहि बिगतका दिनमा काराेबार गर्दे अाईरहेका सदस्यहरूकाे बिभिन्न कारणले असामायिक निधन हुन गएको हुदा शाेकाकुल परिवारलाई भगवानले धैर्यधारणा गर्न शक्ति प्रदान गरून भन्ने कामना सहित के.नं. २५, विष्णु कुमारी आले मगर को छाेरालाई रू २,२५,०००/- सोहि केन्द्रका सदस्य लिलामाया राणा मगरको छारोलाई रू ५९,७९७।, के.नं. १३९ का सदस्य मिन कुमारि शाहिको छाेरा लाई रू १,७५,०००। र केन्द्र न ८५ का सैमती राईका छाेरालाई रु १७५००० गरी जम्मा ४ जनालाई कु. ६,३४, ७९७/- विमा सुविधा समते प्रदान गरिएको शाखा प्रमुख होम कुमार सिंहले जानकारी दिनु भयाे ।


