NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम च्याम्पियनसिप २०२३ को उपाधी लक्ष्मीपुर फुटबल क्लब लक्ष्मीपुरलाई

1 Mins read

कृष्णमान चौधरी।उदयपुर
स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम च्याम्पियनसिप २०२३ को उपाधी लक्ष्मीपुर फुटबल क्लब लक्ष्मीपुरले हात पारेको छ। “लागुपदार्थ दुर्ब्यसनी विरुद्ध हाम्रो अभियान स्वस्थ सभ्य समाज हाम्रो पहिचान ” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस प्रतियोगिता कार्तिक ३ गते उद्वघाटन गरिएको यस खेल सोमबार समापन भएको छ।

आजको फाइनल खेलमा लक्ष्मीमीपुर फुटबल क्लब लक्ष्मीपुरले रातापानी फुटबल क्लब रातापानीलाई ५-० अन्तरले पराजित गर्दै लक्ष्मीपुरले आफ्नो जित पक्का गरेको हो ।बिजेता लक्ष्मीपुर फुटबल क्लबले नगद रु ३५ हजार शिल्ड,मेडल र प्रमाणपत्र साथै उपबिजेता रातापानी फुटबल क्लब रातापानीले नगद रु२५ हजार शिल्ड,मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु पर्यो ।

विजेता लक्ष्मीपुरलाई प्रमुख अतिथि स्व. चित्र कुमारी चौधरी (लिम्बु) को ससुरा बुबा तथा समाज सेवी महेन्द्र चौधरीले पुरस्कार हस्ताण्तरण गरेका थिए भने उपविजेता टिमलाई त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले पुरस्कार हस्ताण्तरण गरेका थिए ।

लक्ष्मीपुरका लागी कप्तान रवी शंकर चौधरीले ह्याट्रिक गोल गरे भने पुष्पराज चौधरीले १ त्यसैगरी अनिश चौधरीले १ गोल गरे । कप्तान चौधरीले पहिलो हाफको ३७ औ. मिनेटमा फ्रि किक द्वारा गोल गर्दै लक्ष्मीपुरलाई अग्रता दिलाएको थियो भने पहिलो हाफमा १ गोलको अग्रता लिएको लक्ष्मीपुरका लागी दोस्रो हाफको २३ औं मिनेटमा पुष्पराज चौधरी र २५ औं मिनेटमा अनिश चौधरीले गोल गर्दै ३–० को आग्रता बनाए । त्यपसपछि खेलको ३० औं मिनेटमा कप्तान चौधरीले लक्ष्मीपुरका लागी चौथौं गोल गरे भने ३५ औ. मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ह्याट्रिक पुरा गरे । यस खेलमा म्यान अफ द म्याच लक्ष्मीपुरका कप्तान रवी शंकर चौधरी चुनिए ।

यस्तै प्रतियोगिता भरिकै अनुशासित टीममा नव सार्वजनिक यूवा क्लब बेल्हा ले ट्रफी हात पार्न सफल भए।

प्रतियोगितालाई क्रिमशन मेशेनरी पार्टस् सप्लायर्स एण्ड टेडर्सले आर्थिक सहयोग गरेका थिए । उक्त टेडर्स स्वर्गिय चित्र कुमारी चौधरी (लिम्वु) को श्रीमान सुनिल चौधरीले संञ्चालन गर्दै आएको छ ।

प्रतियोगिताको मुख्य लक्ष्य थारु समुदायका यूवाहरुलाइ कुलतबाट बन्चित गरि खेलकुद तर्फ उत्प्रेरित गर्ने तथा खेलाडी उत्पादनमा पनि जोड रहेको मलिथम थारु सेवा समाज उदयपुरका संस्थापक भिभाष चौधरीले जानकारी गराउनु भयो।

प्रतियोगितामा उदयपुर जिल्लाको जम्मा ८ टीमहरुको सहभागिता रहेको थियो ।प्रतियोगिता गाइघाटको थरुहत रंगशालामा सप्पन्न भएको हो।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *