NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल पक्राउ

1 Mins read

नेपाल प्रहरीका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल ११ दिनदेखि प्रहरीको हिरासतमा छन् । सवारी ज्यान मुद्दामा पक्राउ परेका उनी ११ दिनदेखि झापा प्रहरीको नियन्त्रणमा रहेका हुन् ।

दाहालले चलाएको स्करपियोको ठक्करबाट एक जनाको मृत्यु भएपछि प्रहरीले उनलाई २४ कात्तिकमा नियन्त्रणमा लिएको थियो । दाहाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत छन् ।

WOW 250*250
दाहालले चलाएको मे १ च ७८३९ नम्बरको स्करपियो र मे १० प १६६९ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम राजमार्गको कन्काई नगरपालिका–८ बिरिङ पुलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कमल गाउँपालिका– ६ का १८ वर्षीय अनिल मडीको मृत्यु भएको थियो । घटनापछि पक्राउ परेका प्रहरी उपरीक्षक दाहाललाई म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च ७८३९ नम्बरको स्कारपियो र विपरीत दिशाबाट जाँदै गरेको तीन जना सवार मे १० प १६६९ नम्बरको मोटरसाइकल २४ कात्तिक राति ९ बजे ठक्किएर दुर्घटना भएको थियो । स्करपियो दाहालले चलाएका थिए । दुर्घटनामा मोटसाइकल चालक कमल गाउँपालिका– ६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया सामान्य घाइते भएका थिए । मोटरसाइकलमा सवार १८ वर्षीय पुजन राजवंशी र १८ वर्षीय अनिल मडी गम्भिर घाइते भएका थिए । मडीलाई अस्पताल पुगेलगतै चिकित्सकले मृत घोषित गरे ।
दुवै सवारी लापरवाहीपूर्ण तरिकाले चलाएका कारण दुर्घटना भएको प्रहरी स्रोतको दाबी छ । घटना लगतै दाहाललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको थियो । उनीमाथि दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।
Koshi online -cp

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *