NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

नेपालका विवेकले यूएईमा सञ्चालन गरेको ‘राफ्फे’ ब्रान्ड नेपालमा आउँदै

1 Mins read

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि साखा बिस्तार गर्दैछ।

अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई महिनाभित्र नेपाल भित्रिने तयारी गरेको बताएको छ।

त्यसो त नेपालमा थुप्रै मल्टिनेशनल कम्पनीहरू नआएका होइनन्। तर, ती कम्पनीहरू यहाँबाट नाफा कमाउन नसकेको भन्दै केही समयमै फर्किने गरेका छन्। तर, राफ्फे भने आएपछि नफर्किने एमडी सैलेन्द्र झा बताउँछन्।

‘हामी विश्वका ७ मुलुकमा छौं। अझै विस्तार गर्ने सोचमा छौं। तर, कुनै पनि मुलुलमा गएपछि त्यहाँबाट फिर्ता भएका छैनौं, उनले भने।

उनले नेपालमा २ वर्षभित्र सय जना नेपालीलाई रोजगारी दिनेगरी नेपाल भित्रिन लागेको दाबी गरे।

उनले भने, ‘२ वर्षमा कम्तिमा सय नेपालीलाई रोजगारी दिन्छौं। नेपाल शाखाको नेतृत्व पनि नेपालीले नै गर्नुहुन्छ।’

कम्पनीको यूएईमा रहेको मुख्य कार्यालयमा पनि २० जना बढी नेपालीले काम गरिरहेका छन्। जहाँ ७ अलगअलग राष्ट्रका नागरिकले काम गर्छन्।

उनले अन्य विदेशी कम्पनी र लगानीकर्तालाई पनि नेपाल आउन आग्रह गरे। नेपालमा लगानी गर्ने माहोल रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने उनको तर्क छ।

नेपालमा मोबाइल खरिद गर्ने बजार पनि उत्कृष्ट छ। त्यसैले पनि नेपाली बजारमा यो कम्पनी आउन चाहेको बताइएको छ।

‘नेपालीहरूमा खरिद क्षमता धेरै छ तर, गुणस्तरीय सामाग्री पाइरहेका छैनन्। त्यही आवश्यकतालाई पूरा गर्न हामी आएका हौं’, उनले भने।

नेपालमा आएपछि पनि यहाँ रहेर व्यापारमात्र नभई सामाजिक उत्तरदायित्व पनि पूरा गर्ने कम्पनीको उदेश्य छ।

‘कर्पोरेट हाउसको सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रतिशत शेयर रकम सामाजिक कार्यमा छुट्याउँछौं। अरू देशमा पनि हामीले यही गरिराको छौं। राष्ट्रलाई कर तिर्नु त पर्छ नै’, एमडी झाले भने।

अमेरिका र कतारमा शाखा बिस्तार गर्ने अन्तिम तयारी रहेको उनको भनाइ छ।

यहाँ भएका सबै मल्टिनेशनल कम्पनीहरूलाई राफ्फेले प्रतिस्पर्धी मानेको छ।

नेपालमा आफूहरूको चुनौतीबारे बताउँदै एमडीले झाले भने, ‘यहाँका ग्राहकलाई कुन उत्पादन ठीक हो, कुन बेठीक हो भनेर छुट्याउने बनाउनु नै हाम्रो पहिलो चुनौती हो।’

तर, गुणस्तरमा सम्झौता नगर्ने उनको जिकिर छ।

‘हाम्रो लागि एउटै नीति छ, ग्राहक। अनि हाम्रो एउटै उदेश्य छ, ग्राहकलाई खुसी बनाउनु,’ उनले भने।

‘कतिसम्म भने हाम्रो डाटा केबल कतिपटक प्रयोग गर्दा बिग्रिन्छ भनेरसम्म ग्यारेन्टी गर्छौं, उनले थपे।

के हो राफ्फे?
राफ्फे एक मोबाइलजन्य उपकरण उत्पादन गर्ने कम्पनी हो। यसको मूख्यालय युएईको दुवै शहरमा छ। यो कम्पनी सन्२०२३ को फेब्रुअरीमा कम्पनी स्थापना भयो।

राफ्फे नामको ब्राण्ड सुरु गरेर विद्युतीय सामाग्रीको बिक्री वितरण गर्दै आएको कम्पनीले चीनको फ्याक्ट्रमा उत्पादन गर्दै आइरहेका छन्। यो ब्राण्डमार्फत कम्पनीले दुबईमा पावर बैंक, एडप्टर, डाटा केबल, स्पिकर, इयरफोन र एयरपड्स लगायतका वस्तु बिक्री वितरण गर्दै आइरहेको छ।

हाल यूएई भरका ९०० स्टोरमा आफ्नो उपस्थिति देखाइसकेको कम्पनीले जानकारी दिएको छ।

स्मार्टफोन, एप्पल, अमाजोन ब्राण्डका लागि नै वस्तु बिक्री वितरण गर्दै आइरहेको राफ्फेले भावी दिनमा आफ्नो व्यवसाय थप विस्तार गर्ने योजना बुनेको कम्पनीले जनाएको छ।

कसरी सुरू भयो राफ्फे?
झापाको दमकका विवेक सुवेदीले रोजगारीका लागि २०१६ मा यूएई पुगेर केही समयपछि स्थापना गरेको कम्पनी हो, राफ्फे।

‘राफ्फे’ ब्राण्डका विद्युतीय सामाग्रीको बिक्री सुरू गर्दै आएका सुवेदीसँग अहिले त गोल्डेन भिषाको समेत सुविधा छ।
यो कम्पनीले स्थापनाको वर्षमा १५ मिलियन दिरामको व्यापार गरेको जनाएको छ।

छोटो अवधिमा नै राफ्फे ब्राण्डका विद्युतीय सामाग्रीको व्यापार चम्कन थालेपछि भावी दिनमा थप विस्तारको योजना कम्पनीले बनाएको छ।

आफ्नो माटोमा पनि व्यवसाय विस्तार गर्ने योजनाअनुरूप उनले झापाको दमकमा ‘राफ्फे रेष्टुरेन्ट एण्ड लञ्ज’ सञ्चालनमा ल्याएका छन्। यति मात्र होइन, यसलाई नेपालभर फैलाउने उनको योजना रहेको छ।
सुरुको एक वर्षमा नै कम्पनीले ३० जनालाई रोजगारी दिएको छ।

राजधानी अबुधावीमा कर्पोरेट कार्यालयको स्थापना गरिसकेको राफ्फेले अबको दुई वर्षभित्र सिङ्गो यूएईसहित गल्फ कन्ट्रीमा नै व्यवसाय विस्तारको योजना बनाएको छ। कम्पनीले सन् २०२४ मा ५० मिलियन दिरामको व्यापार लक्ष्य बनाएको छ।
हालसम्म स्टोरबाटै बिक्री गर्दै आइरहेको यो ब्राण्डले भावी दिनमा अनलाइन व्यापारलाई समेत प्राथमिकता राख्ने बताइएको छ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *