NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बेलका नगरपालिकाकि उपप्रमुख चौधरीले दिइन आफुले चड्दै आएको गाडी स्वास्थ तथा मनोसामजिक टिमलाई

1 Mins read

बेलका/ ३० बैशाख / दोस्रो चरणको कोरोना भाइरसको लहर चलेसँगै जनप्रतिनिधिहरुले आफ्नो गाडी सर्वसाधारणको प्रयोगको लागि दिने क्रम बढेको छ । यसै क्रममा उदयपुरको बेलका नगरपालिकाकी उप प्रमुख राजकुमारी चौधरीले चड्दै आएको गाडी नगर भित्रका संक्रमित तथा संक्रमितको सामिप्यता तथा सेवामा रहेकाहरुको लागि स्वास्थ्य सेवा पुर्‍याउन सहज होस् भन्दै कोरोना महामारी रहुन्जेल सम्मको लागि भन्दै मानसिक स्वास्थ तथा प्रथामिक मनाेसामाजिक सहयाेगी टीमलाई स्वास्थ्य सेवा दिन सहज होस भन्दै उपलब्ध गराएकी छिन् ।

यस अघि नगर प्रमुख दुर्गा कुमार थापाले समेत आफ्नो गाडी विषम अवस्थामा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी तथा संक्रमितले बैकल्पिक एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी उपलब्ध गराइसकेका छन् ।

उप प्रमुख चौधरीले आफूले चड्दै आएको गाडी कोभिड-१९ संक्रमणको विषम परिस्थितिमा आफ्ना नगर भित्रका संक्रमित, संक्रमितको सामिप्यता तथा सेवामा रहेका त्यसैगरी लैंगिक हिंसा प्रभावितहरुका लागि मानसिक स्वास्थ्य तथा प्राथमिक स्वास्थ्य सेवा सहयोग गर्ने मानसिक स्वास्थ तथा प्रथामिक मनाेसामाजिक सहयाेगी टीमलाई गाडि हस्तान्तरण गरेकी छिन् ।

साथै उनले सबै नगरवाशीलाई महामारीको यस घडिमा संयम रहँदै महामारीलाई परास्त गर्न अनुरोध समेत गरेकी छिन् ।

उप प्रमुख चौधरीले चड्दै आइरहेकी नगरपालिकाको बा.१ झ. ९३४७ नम्बरको बोलेरो जिप मनोसामाजिक सहयोगी टीमलाई प्रदान गरेपछि यो महामारीको समयमा उनीहरुको सेवामा तत्काल उपलब्ध हुन सहज हुने मनोसामाजिक कार्यकर्ता संयोजक जानुका कार्की दंगाल बताइन । बेलका नगरपालिका यो पटक ४० जनाभन्दा धेरैलाई पोजेटिभ देखिएको र घर घरमा उपचार गरिरहेको हुदा आफुले चडेको गाडी दिएर स्वास्थ तथा मनोसामजिक टिम घर घरमा गयर उचित सल्लाह दिएर बिरामिको मनोबल उच्च बनाउने बिश्वास लिइएको छ ! बिहीबारपनि बेलका नगरपालिकामा ५ जनालाइ पोजेटिभ भेटिएको छ ! सबै नागरिकलाई घर घरमा बस्न नगरपालिकाले जानकारी गराएको छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *