NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
Uncategorized

बेलकामा माओवादीको विशेष रुपान्तरण अभियान जन जनमा माओवादी घर घरमा माओवादी अगाडि बढ्दै

1 Mins read

नेकपा माओवादी बेलका नगरकमिटीका नेता कार्यकर्ता ९ वटै वडाहरूमा ‘जनतासँग गाउँ–गाउँमा’ जुटेका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, घर–घरमा माओवादी जनजनमा’ अभियान मुल नारा लिएर गाउँ पसेको हो ।
उक्त अभियान नगरका ०९ वडा तथा गाउँहरूमा निरन्तररूपमा चलिरहेको नगर अध्यक्ष मनोज तामाङले जानकारी दिए । सो अभियान भदौ १६ गतेबाट सुरु भइ मंसिर १५ सम्म सम्पन्न हुने जनाइएको छ ।

नगरको सापेक्ष अनुरुप योजना बनाइ अभियान निरन्तररुपमा चलिरहेको प्रदेश सदस्य रमण भट्टराईको भनाइ छ । अभियानको क्रममा वडा सम्मेलन, पार्टी सदस्यता नविकरण, संगठन सुदृढिकरण, माओवादी सरकारले गरेका राम्रा पक्ष जनताको घरदैलोमा पुर्याउने काम भइरहेको बताए प्रदेश सदस्य बेलका इन्चार्ज राकेश किरातिले ।


माओवादीका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिनेछ ।

दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जन भेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घसंस्थासँग अन्तरक्रिया गरिने जनाइएको छ ।

तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोलसभा गरिने नगरकमिटी सचिव भरत घिमिरेले बताय।
बेलकाको विभिन्न वार्ड्मा जिम्मेवारी तोकिएको छ
वार्ड न -१ – मनोज तामाङ, ललित राइ /२ मा रमण भट्टराई पर्सुराम कठेत,मिस्रीलाल महत्तो/३ मा स्याम श्रेष्ठ,गङ्गासरी राइ /४ मा रामकुमार कम्मर ,हरि जोसि/५ मा भरत घिमिरे ,दिपक लामिछाने /६ मा जयकुमार राई ,पबित्रा राइ/७ मा गणेश राई/ ८ मा नुनिराम राई / ९ मा राकेश किराँती,लेख ब परियारलाई जिम्मेवारी तोकिएको बताय प्रदेश सदस्य नुनिराम राइले।

Related posts
Uncategorized

आफताब आलमलाई छुटाउन सत्तानै आफ्नै कब्जामा लिए देउवाले

1 Mins read
। नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले राजपुर बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आफताब आलमको…
Uncategorized

दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

1 Mins read
कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ। प्रदेश…
Uncategorized

महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

1 Mins read
बुटवल– महुलि लघुवित्त वितिय संस्था लि. शाखा कार्यलय बुटवलमा आवद्द  महिला सदस्यहरुलाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *