NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

प्रचण्डको दोस्रो कार्यकालमा भएको काम

1 Mins read

सम्माननिय प्रधानमन्त्री पुस्पकमल दाहाल(प्रचण्ड) ज्यु को दोस्रो कार्यकालमा भएका महत्त्वपूर्ण कार्यहरु:
१) नेपाली जनताको लामो वलिदानिमार्फत जारी भएको नेपालको संविधान अंतरगत वर्तमान सरकार गठन भयपस्चात संविधानको स्वीकार्यता फराकिलो बनाइ संविधानको कार्यनयन ,राज्यको पुनःसंरचना,संक्रमणकालको व्यवस्थापन र भुकम्प पश्चचात को पुनः निर्माण वर्तमान सरकारको प्रमुख ध्येय सरकारले तय गर्यो! सरकारले आमजनतालाई प्रभाबकारी रूपमा गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने,जनजीबिकका सवालहरु सम्बोधन गर्ने र विकास व्यवस्थापनका कार्यहरूलाई द्रुत रूपमा अगाडि बढाइ पुजिगत खर्चमा वृद्धि गरि मुलुकको आर्थिक समृद्धिलाई गति दिने
तत्कालीन प्राथमिकताहरु समेत निर्धारण गर्यो !
२) यसका लागि सरकारले राजनैतिक र प्रशासनिक संयन्त्रलाइ त्यसतर्फ सम्पुर्ण रूपमा परिचालित गर्दै आयो!यसबाट एतिहासिक र दीर्घकालीन रूपमा मुलुकको शासन व्यवस्था र विकासलाई प्रभावित पार्ने काम भएका छ्न भने तत्कालमा जनताका रोजिरोटि र सेवासुबिधामा पनि बढोत्तरी ल्याउने तर्फ कोसेढुङ्गा सावित हुने केही काम भएका छ्न!
३) प्रथमतः एकात्मक र केन्द्रिकृत रूपमा लामो समयदेखि सिंहदरबारबाट प्रयोग हुदै आएका राज्यसक्तिको अधिकार र श्रोतसाधनलाई जनताको घरदैलोमा पुर्याउने दिशामा स्थानीय तहको पुनः संरचना गर्न प्रचण्ड सरकार सफल भएको हो!
४) लगभग २० वर्षको अन्तरालपछि नया संरचना र शासकिय स्वरुपमा २०७४ बैसाख ३१ मा नेपाली नागरिकले स्थानीय तहमा आफ्ना प्रतिनिधि छान्न स्थानीय तहको निर्वाचन घोषणा गरिएको हो!
५) विकराल रुप लिदै गइरहेको उर्जा समस्यालाई समाधान गर्न उज्यालो नेपाल अभियान अन्तर्गत मुलभुत रूपमा लोडसेडिङ को अन्त्य गरि इच्छाशक्ति र निष्ठा भयपछि छोटो समयमा पनि जनतालाइ प्रत्यक्ष हुने गरि केही गर्न सकिन्छ भन्ने प्रमाणित गरेर देखाएको छ !यसबाट एकातिर गृहिणि दिदीबहिनी,बालबालिका ,बृद्धअबश्थाका बुढाबुढी लगायतकाले पाएको राहत आफ्नो ठाउँमा छ भने राजनैतिक प्रतिबद्धता व्यवस्थापकिय कुशलता र इमानदारीता साथ भयो भने राष्ट्रको समृद्धि र परिवर्तन हामीबाटै र अहिले नै सम्भब हुने रहेछ भन्ने कुरा बर्तमानमा देखिएको आर्थिक वृद्धिले स्पष्ट गर्दछ!
६) विभिन्न स्वार्थ समुहहरुको अनुचित गठजोडबाट जलविद्युत आयोजनाका लाइसेन्स लिने अनि कि त कामै सुरु नगर्ने कि त सुरु गरेर काममा ढिलासुस्ती गर्ने प्रवृत्तिमा रोक लगाउन बर्तमान सरकार सफल भइ आगामी केहि समयमा औद्योगिक क्षेत्रमा समेत लोडसेडिङको अन्त हुने वातावरणको सिर्जना भएको छ!
७) “नेपालको पानी जनताको लगानी” कार्यक्रम अन्तर्गत जनताको लगानीमा ठुला ठुला जलाशययुक्त आयोजनाहरु अगाडि बढाइएको हो!
८) बर्षौदेखी रोकिएको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको काम पुनः सुरुवात गरि सो आयोजनाको काम समेत द्रुत रूपमा अगाडि बढाइएको थियो !
९) यसैगरी बिगत ३ बर्षदेखी रोकिएको ३५ मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना पुनः सुरुवात गरि अगाडि बढाइएको हो !
१०) ४५६ मेगावाट क्षमताको तामाकोसी जलविद्युत् आयोजनाको सबै फन्टको काम फुल फेजमा तिब्रताको साथमा अगाडि बढाइएको हो!
११) चिलिमे रसुवागडी १११ मेगावाट मध्यभोटेकोसी १०२ मेगावाट ,सान्जेन तल्लो र माथिल्लो ५७ मेगावाट जलविद्युत् आयोजनाको काम तीब्रताका साथ अगाडि बढाइएको!
१२) बर्षौदेखी रोकिएको नेपालको पहिलो २२० केभिए को खिम्ती ढ्ल्केवार प्रशारण आयोजना फास्ट ट्र्याकमा काम गरि संचालनमा ल्याइएको छ!
१३) ढ्ल्केवार सबस्टेशनको काम ३ सिफ्टमा २४ सै घन्टा गर्ने व्यवस्था मिलाइ सुरुभएको २ महिनामा नै सप्पन्न गरि उक्त सवस्टेसन संचालनमा ल्याइएको हो!
१४) कृषिको आधुनिकीकरण र व्यबसायिकरण गरि कृषि क्षेत्रको उत्पादन र उत्पादक्त्वमा वृद्धि गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कैलाली जिल्लामा गहुँ ,झापामा धानको सुपरजोन स्थापना गरि काम अगाडि बढिसकेको छ हो! अन्य प्रदेशमा सुपरजोन स्थापनाको अन्तिम तयारी भैरहेको छ !
१५) जनता पेन्सन कार्यक्रम सुरुवात गरिएको हो!
१६) मेलम्ची खानेपानीको काम तीब्र रूपमा अगाडि बढाइएको !
१७) फास्टट्र्याकको काम अगाडि बढाइएको !
१८) तराई -मधेसको क्षेत्रको आर्थिक समृद्धिको महत्त्वपूर्ण पुर्वाधारको रूपमा रहेको बहुप्रतिक्षित हुलाकी मार्गको निर्माण कार्य पनि अत्यन्तै तीब्र गतिमा अगि बढाइएको हो!
१९) राष्ट्रिय गौरवका आयोजनाको कार्यनयनमा तीव्रता दिएको !
२०) गरिबिका लागि सरकार कार्यक्रम संचालन भएको !गरिब घर परिबारका लागि परिचयपत्र बितरण गरिएको !
२१) किसानहरुका हक हित सुनिश्चित गर्दै एक सक्तिसाली किशान आयोग गठन गरिएको !
२२) मुलुकभरका भुमिहिन,सुकुम्बासी ,हरूवा,चरुवा,हलिया,मुक्त ,कमैया लगायत समुदायका समस्या समाधान गर्न बसोबास आयोग गठन गरिएको हो!
२३) नेपालको संविधानको धारा २८७ बमोजिम भाषा आयोगको गठन गरिएको हो!
२४) सन २०१६ नोभेम्बर २-१५ सम्म मलेसियामा भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाइ प्रोत्साहनस्वरुप घोषणा गरिएको बमोजिम नगद पुरस्कार २३ जना बिजेता खेलाडी र प्रमुख प्रशिक्षक लाई जनही ३ लाख साहयक प्रशिक्षक लाई २ लाख र सामान्य ज्ञान प्रशिक्षक र फिजियोथेरापिस्टलाई जनहि ५० हजार प्रदान गरेको!घोषणा गर्ने तर रकम नदिने पुरानो बानीलाई हटाइएको !
२५) नेपालको संविधान अनुरुप प्रत्येक प्रदेशमा उच्च अदालत र उच्च सरकारी ओकिल कार्यलय स्थापन गरिएको !
२६) सरकारी चिकित्सक र नर्सलाइ निजि क्लिन्क चलाउन बन्द गरिएको !जसबाट सर्बसाधरणलाइ फाइदा पुगेको !
२७) यातायात ब्यबस्था कार्यलय विभिन्न ठाउमा खोलिएको र अन्लाईनबाट समेत सन्चालन गरिएको !
२८) भारत र चीन छिमेकी देससग सुदृढ र मजबुत बनाइएको!
२९) द्वन्दबाट प्रभाबित भएका परिवारलाई राहत स्वरुप  मृत्यु र बेपत्ता भयका परिवारलाई थप ५ लाख बितरण गरिएको !
३०) देशमा लगानिको बाताबरण बनाउन औद्योगिक ब्यब्साय एन, विशेष आर्थिक क्षेत्र सम्बन्धि कानुन तर्जुमा गरिएको बित्तीय क्षेत्रको सुदृढीकरण गर्न बाफिया सम्बन्धि ऎन पारित भइ कार्यनयनमा आएको !
३१) चितवको सक्तिखोरमा अत्याधुनिक सुबिधा सहितको औद्योगिक क्षेत्र स्थापन गरिएको!
३२) लगानी बर्ष सम्मेलन गरि १३.५१ बिलिएन अमेरिकि डलर बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको !
३३) बाध र मुटुरोगको निशुकल उपचार गर्ने ब्यबस्था गरिएको हाल कार्यनयन भएको !
३४) २०७२ सालको slc परिक्षामा ए प्लस ल्याइ हाल सामुदायिक माबिमा नै अध्ययनरत छात्राहरुलाइ एकमुष्ट ५ हजार प्रोत्साहन छात्रवृत्ति उपलब्ध गराउन सुरु गरिएको !
३५) बिपद र सडक दुर्घटनामा परेकाहरुको हेलिकप्टर बाट उद्दार गरि उपचार गरिएको!
३६) कंचनपुरको सिमावर्ती क्षेत्रमा भारतिय ssb को गोलि लागि सहादत भयका गोबिन्द गौतम र मोरङको सिमामा मृत्यु भएका बासुदेब साहलाइ सहिद घोषणा गरि परिवारलाई १० लाख राहत दिएको!
३७) २०७१ सालको बाढी र पहिरो डुबानबाट पुर्णरुपमा घरमा क्षति भयका बाके,बर्दिया ,दाङ ,र सुर्खेतका बाढी पीडितहरुलाइ भुकम्प पीडित सरह राहत बितरण गर्न २ अर्ब ९८ करोड निकासा गरिएको !
३८)  सरकार गठन भएको दिनबाट वैदेशिक रोजगारमा जानेहरूको लागि राज्य बाट दिने सेवा सुबिधा जस्तै श्रम स्वकृति अन्लाईन बाट गरिएको !
३९) वैदेशिक रोजगारीमा गएको नेपालीको लागि म्यादी जीवन बिमा सुरुवात गरिएको पहिले ७ लाख दिदैआयको भयपनी प्रचण्ड सरकारको पालोमा २७ लाख पुर्याइएको !
४०) बिदेशमा रहने नेपालीको लागि बिदेशमै बिमा नवीकरण गर्ने ब्यबस्था गरिएको जस्मा ५० लाख नेपाली लाभान्वित भएको र हुनेछ्न !
४१) मुलुकको आर्थिक परिसूचक सकारात्मक दिशामा अगाडि बढाएको!२४ बर्ष यताकै आर्थिक वृद्धि दर बढेको र  १२ बर्ष यताको मुल्य वृद्धि कम भएको !
४२) तराई मधेस आन्दोलनमा मृत्युवरण गरेका ११ जना सुरक्षाकर्मी समेत ५२ जनालाइ सहिद घोषणा गरि राहत दिएको !
४३) ७ वटा प्रदेशमा एक- एकओटा कृषि क्याम्पस गरिएको
४४) छिमेकी देशहरू सगको सम्बन्ध मजबुत राखिएको !
४५) संघीयतलाई कार्यन्वयन गर्न संविधान अनरुप अगाडि बढिएको र यो ब्यबस्थालाइ मजबुत गर्न दीगो बनाउन प्रतिबद्ध गरिएको !

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *