NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
विचार

कार्ल मार्क्सको पुजी किन महान छ

1 Mins read

कार्ल मार्क्सको पुँजी किन महान् कृति हो ?

पूँजी कार्ल मार्क्सको मुख्य कृति हो । पुँजीबारे भी. आई लेनिन भन्छन्– यो हाम्रो युगको महानतम् राजनीतिक–आर्थिक कृति हो । यसमा पूँजीवादको गतिका आर्थिक नियमहरुको गहन वैज्ञानिक विश्लेषण गरिएको छ र त्यसको अवश्यम्भावी अवसान तथा साम्यवादी व्यवस्थाको विजयको प्रमाण प्रस्तुत गरिएको छ । त्यसकारण पूँजी साम्यवादी विश्वदृष्टिकोणको आधारभूत सिद्धिकरण हो ।
मार्क्सले ‘पूँजी’ लाई आफ्नाे जीवनको उद्देश्य भने; विज्ञानसम्मत राजनीतिक अर्थशास्त्रको रचनामा उनले ४० वर्षसम्म अथक परिश्रम गरेका थिए । यो मार्गमा महत्वपूर्ण कोसेढुंगा थियो । १९औं शताब्दीको छैटौं दशकका उनका कृतिहरु, विशेषगरी १८५७–५९ का आर्थिक पाण्डुलिपिहरु’, राजनीतिक अर्थशास्त्रको समीक्षाको एक प्रयास’ (१८५९), जसमा अतिरिक्त मूल्यको सिद्धान्तको जग राखिएको थियो र बुर्जुवा राजनीतिक अर्थशास्त्रको अध्ययन तथा समीक्षाको विधिको विस्तार गरिएको थियो र साथसाथै ऐतिहासिक भौतिकवादका आधारभूत सिद्धान्तहरु निरुपित गरिएका थिए; १९औं शताब्दीको सातौं दशकका उनका कृतिहरु (१८६१–६३ को विस्तृत पाण्डुलिपिं), जसमा ‘पूँजी’ को संरचनाको वास्तविक सारलाई दर्शाइएको थियो । आर्थिक सिद्धान्तहरुको इतिहासको सर्वाधिक पूर्ण विश्लेषण गरिएको थियो ।

पूँजीको खण्ड १, जसलाई स्वयं माक्र्सले तयार गरेका थिए, १८६७ मा प्रकाशित भएको थियो; अन्य खण्डहरु उनको मृत्युपछि फ्रेडरिख एंगेल्सले प्रकाशित गरेका थिए ः खण्ड २, १८८५ मा तथा खण्ड ३ १८९४ मा प्रकाशित भयो । पूँजीको खण्ड ४ “अतिरिक्त मूल्यको सिद्धान्त” भने काउत्स्कीले बीसौं शताब्दीको आरम्भमा गएर मात्र प्रकाशित गरे, तर उनले पाठमा धेरै काटछाँट गरे र मनोमानी ढंगले क्रम परिवर्तन गरे । पूँजीको खण्ड ४ को पूर्ण वैज्ञानिक संस्करण पहिलोपटक सोभियत संघमा १९५५ तथा १९६१ को बीचमा प्रकाशित भयो ।

पूँजीको महत्व यसको आर्थिक अन्तर्वस्तुसम्म सीमित छैन, किनभने यसले मार्क्सवादी सिद्धान्तलाई त्यसका तीन भागहरुको एकतासहित विकसित गर्दछ । ती तीन भाग हुन् ः दर्शन (द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक साम्यवाद । यही कृतिले माक्र्सका दुई आधारभूत खोजहरुलाई – अतिरिक्त मूल्यको सिद्धान्त तथा इतिहासको भौतिकवादी धारणालाई – सर्वाधिक पूर्ण रुपमा अभिव्यक्त गर्दछ ।

पहिलो खोजले शोषणको रहस्य उद्घाटित ग¥यो र पूँजीवादको चिहान खन्ने तथा नयाँ, समाजवादी समाजको निर्माताको रुपमा मजदूर वर्गको ऐतिहासिक कार्यभारसम्बन्धी प्रस्थापनाको पुष्टि गर्यो । यो पछिल्लो कुराले समाजवादलाई कल्पनाबाट विज्ञानमा रुपान्तरित गर्नमा निर्णायक भूमिका निर्वाह गर्यो । इतिहासको भौतिकवादी धारणाले, जुन पूँजीको आधारमा परिकल्पनाबाट स्पष्ट रुपले प्रमाणित सिद्धान्तमा परिणत भयो, वैज्ञानिक साम्यवादलाई सैद्धान्तिक आधार र अध्ययनविधि प्रदान गर्यो । अध्ययनको भौतिकवादी विधि, जसको उपयोग पूँजीमा गरियो, पूर्वमाक्र्सवादी चिन्तकहरुका विधिहरुभन्दा सारभूत रुपमा भिन्न छ ।

मानिसहरुका सामजिक सम्बन्धहरु, स्वयं उनीहरुको र उनीहरुको चेतनाको गठन र अस्तित्वको माध्यमको रुपमा श्रम–क्रियाकलापसम्बन्धी प्रस्थापनाको पुष्टिले समाजलाई वस्तुगत नियमहरुअनुसार विकसित हुने अंगको रुपमा बुझ्न संभव बनाएको छ, जसको क्रियाकलापमा विचारहरु, धारणाहरु, चेतनाको उत्पत्ति सामेल छ । त्यसकारण सत्तासँग आप्mनो सम्बन्धमा चेतनामाथि पूँजीमा प्रकृतिवादी दृष्टिबाट होइन, अर्थात् बाह्य जगतसँग पहिलेदेखि नै तयार चेतनाको सम्बन्धको रुपमा होइन, बरु सामाजिक–ऐतिहासिक दृष्टिबाट विचार गरिन्छ, जब वस्तुहरुको ज्ञान तथा त्यसको प्राप्तिका साधनहरुलाई बाह्य जगतको व्यावहारिक रुपान्तरणको प्रक्रियाको परिणाम मानिन्छ ।

यसमा यथार्थसँग चिन्तनको अनुरुपताको सिद्धान्तको अर्थको अभिव्यक्ति हुन्छ, जसलाई पूँजीमा विकसित गरिएको छ र जसानुसार चिन्तनका रुप, विषयहरुको सैद्धान्तिक ज्ञानका रुप ज्ञानको विकासका नियमहरुको रुपमा प्रकट हुन्छन् । यी रुपहरुको अन्तर्वस्तु द्वन्द्ववादले प्रकट गर्दछ, त्यसले ज्ञानलाई मानिसको व्यावहारिक क्रियाकलापको एउटा पक्ष मान्दछ, जसको क्रममा सामान्य प्रवर्ग बन्दछन्, जसले वस्तुहरु तथा विचारहरु दुवैको विकासको सारलाई उद्घाटित गर्दछन् । त्यसकारण द्वन्द्ववाद यथार्थ जगतको गतिको वस्तुगत तर्कको पुनरुत्पादन गरेर एकैसाथ सैद्धान्तिक चिन्तन (तर्क) को रुपमा र यथार्थलाई बुभ्mने साधन (ज्ञानको सिद्धान्त) को रुपमा प्रकट हुन्छ । पूँजीले अन्वेषणको द्वन्द्वात्मक भौतिकवादी विधिका सबै पक्षहरुको विकास गर्यो; आधारभूत दार्शनिक प्रवर्गहरुको मूल सार उद्घाटित गर्यो; तिनीहरुको संयोजनको विधि बतायो । अमूर्तबाट मूर्ततिर बढ्ने कार्यको माध्यमबाट एउटा यस्तो प्रणालीमा संयोजन, जसले विकसित हुने परिघटनाको सैद्धान्तिक रुपले पुनरुत्पादन गर्न संभव बनाउँदछ; त्यसले कुनै पनि अविभाज्य प्रणालीको विकास र ज्ञानमा अन्तर्विरोधहरुको भूमिका प्रदर्शित गर्यो ।

पूँजीले आधुनिक कालका तात्कालिक समस्याहरुको समाधान गर्नको लागि गहन दार्शनिक संस्कृतिको आवश्यकता प्रदर्शित गरेर वर्तमानकालीन वैज्ञानिक ज्ञानलाई अनुसन्धानको विधि तथा तर्कबाट सुसम्पन्न गर्दछ । पूँजी माक्र्सवादको कहिल्यै पनि नओइल्याउने वैज्ञानिक तथा क्रान्तिकारी शक्तिलाई प्रकट गरेर मुक्तिको लागि संघर्षमा मजदूर वर्गको पहिलेको जस्तै आज पनि शक्तिशाली अस्त्र बनेको छ ।

Related posts
विचार

बेलका नगरपालिकामा सामुदायिक बिद्यालयको अवस्था -शेखर निरौला

1 Mins read
राज्यले सामुदायिक बिधालयमा लगानी बढाइ राखेको छ तर आज सामुदायिक बिधालय को गुणस्तर झनझन खस्किन्दो अवस्थामा छ।हामी कहाँ चुकी राखेको छौ?? किन…
विचार

नेपालिको दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था

1 Mins read
नेपालि को दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था बर्ण व्यवस्था ले श्रम लाई चार भाग मा बिभाजन गरेर ,समाज लाई…
विचार

त्यो धान रोपाइँ - एक सम्झना

1 Mins read
हरेक बर्ष बर्खामासले बङ्गालका खाडीबाट मनसुन मात्र लियर आउदैन ,मानो रोपि मुरी उब्जाउने हरिया सपनाहरूलाई पनि साथै लियर आउँछ।असारलागे संगै आकाशमा पुर्ब…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *