बेलका/ कार्तिक ३० – प्रथम सुभबिहानी सोलिडारिटी फुटबल प्रतियोगिताको समापन निकै रोमाञ्चकका साथ सम्पन्न भएको हो।
स्वर्गीय गङ्गा बहादुर सिवाकोटीको स्मृतिमा कार्तिक २४ गतेबाट सुरु भएको फुटबल प्रतियोगितामा सुनसरीको सप्तकोसि क्लब र आयोजक सुभबिहानी बिच भएको खेलमा आयोजकलाई ४-१ गोल गर्दै सप्तकोसी क्लबले जित हात पारेको हो।
समापन कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी आउने भनियता पनि उहाको अनुपस्थितमा स्थानीय नेता ,बुद्धिजीवी ,ब्यापारीको उपस्थितिमा संचालन भएको हो ।
धौरी रङ्गसालामा भएको खेलमा प्रथम हुनेलाइ २५ हजार सहित प्रमाणपत्र ,ट्रपी,सिल्ड प्रदान गरिएको हो भने दोस्रोहुनेलाइ १० हजार ट्र्पि ,प्रमाणपत्र ,सिल्ड प्रदान गरिएको हो ।
दुबै क्लबले राष्ट्रिय स्तरका खेलाडी मैदानमा उतारेको हो आयोजकले सरस्वती क्लबबाट खेल्ने सुनिल खड्का सप्तकोसी क्लबले मनाङ मर्स्याङदिबाट खेल्ने निसान लिम्बु मैदान उतारेको हो
स्वर्गीय गङाबहादुर सिवाकोटीको स्मृतिमा भएको खेलमा उहाका छोरा दिनेश सिवाकोटीले आफ्ना पुजनिय पिताको नाम र काम लाई अगाडि बढाउन एक प्रतिस्ठान दर्ता गरि केही रकम जम्मा गरि उक्त रकम शिक्षा क्षेत्रमा लगानी गर्ने बताय ।
अन्तिम खेलमा म्यान अफ द म्याच सप्तकोसी क्लबका सागर राइले पाएका हुन ।


