बेलका/ मंसिर २ कोरोनाको कहरले बिस्वनै अस्ततब्यसत भएको बेला नेपाल पनि अछुतो हुन सकेन चैत देखि नेपाल सरकारले देशभित्र लकडाउन गरेदेखी बिध्यालय ,मनोरञ्जनका क्षेत्र यातायात लगायत खेलकुद क्षेत्रमापनि खेल कार्यक्रम गर्न रोक लगाएको हो ।
१ नम्बर प्रदेशको उदयपुर जिल्ला बेलका नगरपालिकामा प्रथम बेलका च्याम्पियन लिग २०७७ सुरु भएको हो ।
अखिल नेपाल् फुटबल संघका केन्द्रिय सदस्य तथा प्रबक्ता किरण राइको प्रमुख आतिथ्यमा सुरु भएको हो ।
उपत्यका बाहिर तथा नेपालमै ग्राउन्ड स्तरमा गरिएको लिग खेल कार्यक्रममा बेलका नगरपालिकाका चर्चित क्लब जम्मा १२वटा क्लबहरुको उपस्थितमा लिग अन्तर्रगत खेल हुने भएको हो।
नेपाल सरकारले कोरोना सगै खेलकुद क्षेत्रलाई खेलकार्यक्रम लाइ स्वास्थ लाई ख्याल राख्दै गर्न दिने निर्णय सगै हालको अवस्थामा बेलका नगरपालिकामा लिग खेल भएको हो ।
उद्घाटन कार्यक्रममा १ नम्बर प्रदेशका पदाधिकारी ,जिल्ला फुटबल संघ अध्यक्ष रन्जन कार्कि लगायत पदाधिकारी ,बेलकाका उपप्रमुख स्थानीय राजनीतिदलका नेता,सामाजिक ब्याक्तीत्वहरुको उपस्थितमा उद्घाटन खेल रामपुर का विरुद्ध आयोजक एकेडेमी विरुद्ध भएको खेलमा ४-२ का अन्तरले रामपुरले हात पारेको हो।
स्वदेश तथा बिदेशमा बस्ने बेलका लगायत बाहिर रहने स्थानीय ब्याक्तीत्वहरुको सहयोगमा बुद्धचोक खेलमैदानमा खेल भएको हो ।मध्यान्ह अगाडि सम्म एकेडेमीले अग्रता लियपनी मध्यान्न पछि रामपुरले हात पारेको हो ।
एन्फा प्रबक्ता तथा लिग गेमका प्रमुख अतिथि राइले एन्फा तथा आफुले खेलकुद क्षेत्रमा र विशेषगरी खेलाडीहरुलाइ जस्तो सुकै सहयोग गर्ने व्यक्त गरे भने लिग खेल खेलाउन निकै चर्को समस्या पर्ने तर पूरा हुदा राम्रो हुने बताय ।
खेलकुदको बिकासले मात्र सर्वाङिण बिकास हुने हुदा खेलाडी तथा आयोजक सस्थालाइ हौसला प्रदान गरेका थिए । नेपालमा आजसम्म सहिद स्मारक खेलकुद उपत्यका भित्र दसरथ रंगशालामा भएको हो भने उपत्यका बाहिर बेलकामा भएको हो ।
यस खेललाइ प्रत्यक्ष प्रसारण गोल नेपाल् डट कमले गर्ने छ भने दिनहु अपडेट आवर बेलकाले दिनेछ र एकता खबर राष्ट्रिय दैनिक पत्रीकाबाट प्रसारण हुनेछ भने च्याम्पियन लिगका अध्यक्ष तथा उद्घाटन खेलका अध्यक्ष विशाल लिम्बुले सम्पुर्ण उपस्थित सहयोगि सस्था ,खेलाडी ,सुभेछुकलाई धन्यवाद प्रकट गरेका थिय।


