NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
विचार

सोभियत सत्ता के हो ?

1 Mins read

सोभियत सत्ता के हो ?
यो महान् लेनिनले सन् १९१९ को मार्चको अन्त्यमा दिनुभएको रेकर्ड गरिएको भाषणको सम्पादित अंश हो ।
सोभियत सत्ता भनेको के हो ? यस नयाँ सत्ताको सारतत्व कुन कुरामा निहित छ, जसको बारेमा अझै पनि बहुसंख्यक मुलुकहरुमा बुझ्न चाहँदैनन् अथवा बुझ्न सक्दैनन् ? हरेक देशका मजदुरहरुलाई बढीभन्दा बढी मात्रामा आफूतर्फ आकर्षित गर्ने यस सत्ताको सारतत्व यस कुरामा निहित छ कि पहिले राज्यको संचालन कुनै न कुनै हदसम्म धनीहरु अथवा पुँजिपतिहरुले गर्दथे भने अब पहिलो पल्ट राज्यको सञ्चालन त्यो पनि जनव्यापी स्तरमा ती वर्गहरुले नै गर्दछन् जसलाई पुँजीवादले दबाइराखेको थियो । सबभन्दा प्रजातान्त्रिक र सबभन्दा स्वाधीन गणतन्त्रमा समेत जबसम्म पुँजिको आधिपत्य कायम रहन्छ, जबसम्म जग्गाजमिनमा व्यक्तिगत स्वामित्व कायम रहन्छ, सदैव नै राज्यको सञ्चालन अत्यन्त अल्पसंख्यकको हातमा हुन्छ, जसमध्ये दश खण्डको नौ खण्ड पुँजीपतिहरु अथवा धनीहरु नै हुन्छन् ।

संसारमा पहिलो पल्ट हामीकहाँ रुसमा राज्य सत्ता यस किसिमले संगठित गरिएको छ, जहाँ मात्र मजदुरहरु, मात्र श्रमजीवी किसानहरु यस्ता आम संस्थाहरु अर्थात सोभियतहरुमा समावेश गरिएका हुन्छन् जसबाट शोषकहरु बञ्चित राखिन्छन् र यिनै सोभियतहरुलाई सारा राज्य सत्ता हस्तान्तरित गरिन्छ । यसै कारणले गर्दा सबै देशहरुमा पुँजीजीवीवर्गका प्रतिनिधिहरुले रुसमाथि जस्तोसुकै लाञ्छना लगाए तापनि संसारमा जताततै “सोभियत” भन्ने शव्द बुझिने मात्र नभई लोकप्रिय पनि भएको छ । मजदुरहरुको निमित्त, तमाम श्रमजीवीहरुको निमित्त यो शव्द ज्यादै नै प्यारो बनेको छ । यसर्थ नै विभिन्न मुलुकहरुमा साम्यवादका पक्ष–समर्थकहरुको जस्तै खेदो खनिए तापनि सोभियत सत्ता अनिवार्य र अवश्यंभावी हुन गएको छ र निकट भविष्यमा नै सम्पूर्ण संसारभरि सोभियत सत्ताको विजय हुनेछ ।

सोभियत सत्ताको संगठनमा हामीकहाँ अझै धेरै त्रुटीहरु मौजुद छन् भन्ने कुरा हामीले राम्ररी बुझेका छौं । सोभियत सत्ता चमत्कार देखाउने छडी होइन । त्यसले तुरुन्त नै अतितका त्रुटिहरुबाट, निरक्षरताबाट, असभ्यताबाट, बर्बर युद्धका अवशेषहरुबाट, लुटेरा पुँजीवादको उत्तरदेनबाट मुक्ति दिलाउन सक्दैन । परन्तु त्यसले समाजवादतर्फ संक्रमणको सम्भावना दिन्छ । त्यसले जो पददलित थिए तिनलाई उठ्ने सम्भावना दिन्छ र उनीहरुलाई राज्यको सञ्चालन, अर्थतन्त्रको सञ्चालन, उत्पादनको सञ्चालन सम्बन्धी सम्पूर्ण काम बढीभन्दा बढी मात्रामा स्वयम् आफ्नो हातमा लिने संभावना दिन्छ । सोभियत सत्ता भनेको समाजवादतर्फ लाग्ने बाटो हो, जुन श्रमिक समुदायहरुले पहिल्याएका छन् । यसैले गर्दा यो सही छ, अनि यसले गर्दा यो अजेय पनि छ ।

Related posts
विचार

बेलका नगरपालिकामा सामुदायिक बिद्यालयको अवस्था -शेखर निरौला

1 Mins read
राज्यले सामुदायिक बिधालयमा लगानी बढाइ राखेको छ तर आज सामुदायिक बिधालय को गुणस्तर झनझन खस्किन्दो अवस्थामा छ।हामी कहाँ चुकी राखेको छौ?? किन…
विचार

नेपालिको दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था

1 Mins read
नेपालि को दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था बर्ण व्यवस्था ले श्रम लाई चार भाग मा बिभाजन गरेर ,समाज लाई…
विचार

त्यो धान रोपाइँ - एक सम्झना

1 Mins read
हरेक बर्ष बर्खामासले बङ्गालका खाडीबाट मनसुन मात्र लियर आउदैन ,मानो रोपि मुरी उब्जाउने हरिया सपनाहरूलाई पनि साथै लियर आउँछ।असारलागे संगै आकाशमा पुर्ब…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *