NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बेलका- ८ नं वडाको सबै स्थानमा पुग्यो बिधुत घोषणा पत्र बमोजिम काम गर्दै छु : वडा अध्यक्ष राई

1 Mins read

आवर बेलका /२६ पौष/आइतबार / बेलका नगरपालिका वडा नं ८ को सडक बिस्तार भएको सबै क्षेत्रमा बिधुत बिस्तार भएको छ। वडा नं ८ को विकट पहाडी क्षेत्र सोमबारे आरङ्गा,सिसौली,माझगाउ लगायत अन्य धेरै ठाउँमा आइतबार औपचारिक रुपमा बिजुली बत्ती बालिएको छ।

वडा नं ३ देखि ९ सम्मका विकट क्षेत्रमा बिधुत बिस्तार गर्ने लक्ष्यमा छौ, वडा नं ८ को सबै गाउगाउमा बिधुत बिस्तार भएको छ। आज बाट वडा नं ८ अन्धकार मुक्त भएको ठोक्सिला उर्जा तथा ग्रामीण बिकास केन्द्रका अध्यक्ष धनपती आचार्यले बताए।

ठोक्सिला उर्जा तथा ग्रामीण बिकास केन्द्र र कस्मिक इलेक्ट्रोनिक इन्जिनियर प्रा ली निर्माण ब्याबसायी सङ्ग सम्झौता गरि बेलका ३ नं वडा देखि ९ को सडक बिस्तार भएको स्थानमा बिधुत बिस्तार गर्न १४ करोडको लगानिमा सम्झौता गरिएको ठोक्सिला उर्जा तथा ग्रामीण बिकास केन्द्रका सचिब रमन भट्टराईले बताए।

घोषणपत्र बमोजिम सबै स्थानमा बिधुत बिस्तार भएको बेलका नगरपालिका वडा नं ८ का वडा अध्यक्ष जय कुमार राईले बताए। सबै स्थानिएको घरमा बिधुत पुर्याउने र आफ्नो घरमा बिधुत जडान गर्ने बताउदै बिकासको हिसाबले ८ नं वडा निकै अगाडि रहेको वडा अध्यक्ष राईले बताए।
सडक सन्जाल देखि खानेपानी, बिधुतको सुबिधा पुगेको वडा पर्यटकीय हिसाबले समेत परिचित रहेको छ।


गाउमा बिजुली बलेपछी गाउँका बासिन्दा खुशी भएका छन । बर्षौ देखि सोलार, दाउराको उज्यालोमा भर पर्दै आएका स्थानिय गाउमा बिजुली बलेपछी खुशी भएको स्थानिय पदम राइले बताए।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *