NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

चक्रघटिमा लक्ष्मी जयन्तीको अवसरमा “दोस्रो १ नम्बर प्रदेश स्तरीय कविता प्रतियोगिता हुने

1 Mins read

कार्तिक -५/ पूर्वेली साहित्यिक मञ्च वराहक्षेत्र नगरपालिकाले आगामी ११३ अौँ लक्ष्मी जयन्तीको अवसरमा “दोस्रो १ नम्बर प्रदेश स्तरीय कविता प्रतियोगिता” को आयोजना गर्ने भएको छ । गत १११ अौँ लक्ष्मीजयन्तीका अवसरमा पहिलोपटक अायोजना गरिएको प्रतियोगिताको दोस्रो संस्करणका रूपमा सो प्रतियोगिता अायोजना गर्न लागिएको हो ।
शुभ दीपावली तथा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा मञ्चको स्थापनाकालदेखि नै प्रत्येक बर्ष अायोजना हुँदै अाएको लक्ष्मीजयन्ती बिशेष कार्यक्रम कोरोना महामारीका कारण गत बर्ष भनें अायोजना भएन । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष आगामी कात्तिक १८ गते बिहिबारका दिन वराहक्षेत्र नगरपालिका-६, चक्रघट्टीमा सो कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको अायोजकले बताएको छ ।
‘प्रतियोगितामा प्रदेश नम्वर एक भरीबाट प्राप्त भएका कविताहरु मध्येबाट उत्कृष्ट २० कविता वाचनका लागि छानिनेछन् । सोही उत्कृष्ट २० कविताहरु अन्तिम चरण (फाइनल) मा वाचन हुनेछन् र तिनै कविताहरुबाट उत्कृष्ट ४ लाई पुरस्कृत गरिनेछ’ मञ्चका अध्यक्ष सन्तोष चौलागाईंले भने । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय तथा सान्त्वना हुने कविहरुलाई क्रमशः नगद रु. १०,०००/– रु. ५,०००/– रु. २,०००/– र रू. १,०००/- सहित प्रमाणपत्र प्रदान गरिने पनि अध्यक्ष चौलागाईंले जानकारी गराए । कार्यक्रममा प्रदेश नम्बर १ सहित देशैभरिबाट स्थापित कवि तथा लेखकहरूको उपस्थिति समेत रहने अायोजकले जानकारी गराएको छ ।
“कात्तिक २ गतेदेखि कात्तिक १२ गतेसम्म प्रतियोगिताका लागि कविता पठाउन सकिनेछ ।” कार्यक्रम संयोजक समेत रहेका मञ्चका उपाध्यक्ष जीवन सापकोटाले भने ।
सूचना सार्वजनिक भएदेखि नै सोधपुछ र केही कविताहरू प्राप्त हुन थालिसकेकाले प्रतियोगिताका लागि १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरूबाट उत्साहजनक रूपमा सहभागी अाउनेमा अाशावादी रहेको मञ्चकि महासचिव सुरक्षा निरौलाले बताइन् । प्रतियोगिताका निर्णायकहरु भनें केही दिनमा टुङ्गो लगाउने र अन्य तयारी भनें तीब्र गतिमा अघि बढाइएको अायोजकले जानकारी गराएको छ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *