NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

उदयपुरको निर्वाचन क्षेत्र न -१ बाट डाक्टर नारायण खड्का सहित ८ जनाको नाम सिफारिस

1 Mins read

मंसिर ४ गतेको चुनावको लागि नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ क्षेत्रिय कार्य समितिले सँघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारीस गरेको छ।

क्षेत्रीय कार्यलय बेल्टारमा विहिबार बसेको बैठकले आसन्न संघीय निर्वाचनका लागि प्रत्यक्षतर्फ आठ जना र समानुपातिकतर्फ एघार जना उम्मेदवारको नाम सिफारिस गरेको हो।

बैठकले प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारमा नेपाल सरकारका परराष्ट्र मन्त्री तथा केन्द्रीय सदस्य डा. नारायण खड्का, संघीय सांसद तथा केन्द्रीय सदस्य लक्ष्मी परियार, निवर्तमान सभापति बिदुर बस्नेत, संघीय सांसद प्रमिला राई, संबिधान सभा सदस्य शान्ती देवी चौधरी, अकुर खड्का, सुशील शेढाई र भोगेन्द्र चौधरीलाई सिफारिस गरेको छ।

यस्तै, समानुपातिकतर्फ सत्यनारायण चौधरी, लिला राई, बिरेन्द्र कुमार बस्नेत, महेन्द्र प्रसाद चौधरी, बेचुदास चौधरी, हिरा लाल ठाकुर, कलावती चौधरी, सत्यनारायण झा, सरस्वती महतरा, हिरा मान मोते र मो. इलिहाँस मियालाई सिफारिस गरेको क्षेत्रिय कार्य समितिका सभापति खगेन्द्र राइले बताए ।

क्षेत्रिय कार्य समितिले सिफारिस गरेको नाम जिल्ला कार्य समितिमा जानेछ । र, जिल्ला कार्य समितिले आफ्नो राय लेखेर प्रदेश कार्य समितिलाई उक्त नाम पठाउने प्रावधान छ।
अहिले देशैभरी बाट भटाभट नाम सिफारिस हुदैछ ।
डाक्टर नारायण खड्का ६४/७०/७४ को चुनाव जितेर ह्याटि्रक गरिसकेको नेता हुन अहिले पनि गठबन्धन बाट नारायण खड्काकै नाम पक्का जस्तैः भएको देख्न सकिन्छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *