NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

उदयपुर मलिथम उपाधिका लागि धनुषा सङ्ग भिड्ने

1 Mins read

कृष्णमान चौधरी/ उदयपुर मलिथम उपाधिका लागि धनुषा सङ्ग भिड्ने
सप्तरी जिल्ला फूटबल संघ राजबिराजको आयोजना मा जारी प्रथम राजबिराज मेयर गोल्ड कप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा इश्वरपुर फूटबल क्लब बेलबास,सर्लाहीलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै मलिथम फूटबल क्लब उदयपुर उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । मलिथमका लागि आशिष थारुले गरेको गोल नै निर्णाक बन्यो ।

खेलको सुरुवातीमै मलिथमले आक्रामक खेल पस्केको थियो । प्रतिस्पर्धात्मक खेलमा गोलधापले पाएको थुप्रै अवसर खेर गएको थियो ।खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएको थियो।खेलमा मलिथमका आशिष थारु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३५०० र ट्रफी हात पारे ।

जितसँगै मलिथमले जनकपुर जिल्लाको धनुषा जिल्ला फूटबल संघ सँग फाइनल भेट पक्का गरेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।सप्तरी जिल्लाको सप्तरी जिल्ला फूटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल सनिबार हुनेछ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *