NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

राजबिराज मेयर गोल्डकपको उपाधी मलिथम फुटबल क्लब उदयपुरलाई

1 Mins read

कृष्णमान चौधरी । उदयपुर
राजबिराज मेयर गोल्डकपको उपाधी मलिथम फुटबल क्लब उदयपुरलाई
प्रथम राजबिराज मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०८० को उपाधि मलिथम फुटबल क्लब उदयपुरले उपाधि हात परेको छ । सनिबार भएको उपाधि भिडन्तमा मलिथम फुटबल क्लब उदयपुरले धनुषा जिल्ला फुटबल संघ, जनकपुर लाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

राजबिराज रंगशालामा भएको खेलमा खेलको १९ औं मिनटमा विशाल चौधरीको गोलबाट मलिथमले खेलमा शुरुवाती अग्रता बनाएको थियो ।त्यसैगरी खेलको २८ औं मिनेटमा मलिथमका कृपा चौधरीको गोलबाट रोमाञ्चक जित र उपाधि रक्षा पक्का गरेका थिए । फाइनल खेलमा निर्णायक बनेका बिशाल चौधरी म्यान अफ द म्याच समेत चुनिए ।

विजेता बनेको मलिथम फुटबल क्लबले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता धनुषा जिल्ला फुटबल संघ, जनकपुर्ले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विशाल चौधरी सर्वोत्कृष्ट खेलाडी

व्यक्तिगत विधातर्फ फाइनलमा निर्णायक बनेका मलिथम का विशाल चौधरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले त्यसवापत नगद ५ हजार प्राप्त गरे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक मलिथमका रेम्बो चौधरी घोषित भए भने उत्कृष्ट मिडफिल्डर आशिष थारु चुनिए । उत्कृष्ट गोलरक्षक र मिड्फिल्डरले नगद ५/५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी प्रतियोगिताकै सर्वोत्कृष्ट कोच मलिथमका संजय चौधरी चुनिए । उनले नगद ५ हजार र ट्रफी प्राप्त गरे।

सप्तरी जिल्ला फुटबल संघ,राजबिराजको आयोजनामा असार ९ गतेदेखि शुरु भएको प्रतियोगितामा महोत्तरी ,सिरहा,धनुषा ,सिन्धुली ,सर्लाही ,सुनसरी र उदयपुर गरि जिल्लाका कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *