NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

पार्टी प्रती कसैले गद्दारि गरे तुरुन्तै कारवाही गर्ने महामन्त्री थापाको चेतावनी

1 Mins read

असार १७
बिज्ञान पराजुलि/
पार्टी प्रती कसैले गद्दारि गरे तुरुन्तै कारवाही गर्ने महामन्त्री थापाको चेतावनी …
रास्टिय स्वतन्त्र पार्टीका कोशी प्रदेश महामन्त्री लालबिक्रम थापाले , गलत नियतले पार्टी प्रवेश गरि पार्टी प्रती गद्दारि गर्नेलाइ तुरुन्तै कारवाही गर्ने चेतावनी दिएका छ्न।रास्वपा त्रियुगा नगरको प्रथम भेलालाई आज गाइघाटमा सम्बोधन गर्दै थापाले उक्त्त चेतावनी दिएका हुन।मिसन २०८४ लिएर आफुहरु अगाडि बढेको र यो क्रमलाई कोहि कसैले रोक्न छेक्न नसक्ने दाबी गर्दै अब आउने निर्वाचनमा आफ्नो पार्टी देशकै पहिले पार्टी हुने जिकिर गरे। गाइघाट स्थित टाउनहल होटलमा भएको कार्यक्रममा रास्वपा केन्द्रिय सदस्य निशा मेहताले रास्वपामा धेरैजसो युवा र बौद्धिक बर्गको जमात भएकोले ब्य्वस्था परिवर्तनको लागि सबैले एकजुट भएर हातेमालो गर्ने बेला आएको बताउनु भयो।साथै उहाँले आफ्ना कार्यकर्ताहरुलाइ कोहि पार्टी , ब्यक्ति प्रती पुर्वाग्रहि ढङ्गले टिकाटिप्पणी नगर्न आग्रह गर्नु भयो। भेलाको उदघाटन पछि भएको बन्दसत्र बाट उत्तम रिजालको सभापतित्वमा ११ सदस्य नगर समिति सर्वसम्मत चयन भएको छ भने तत्काललाई सचीव पद खाली राखिएको उदयपुर जिल्ला संयोजक एबम कोशी प्रदेश सदस्य चित्र कुमार कार्कीले जानकारी दिनुभयो।समितिको उपसभापतिमा कौसिला कार्की, कोसाध्यक्षमा रमा रेग्मी , त्यस्तै सदस्यहरुमा डिल्ली नारायण श्रेष्ठ ,धनराज चौधरी ,सीता परियार चयन भएका छ्न। त्यसैगरी प्रबिस कुमार शाह , निर्मला बुढाथोकी राउत , रिता कटुवाल र तेज बहादुर कटुवाल मनोनीत भएका छ्न। रास्वपाले आफ्नो पार्टीले फरक अभ्यास गर्ने भन्दै भेलामा सहभागी मध्य जेष्ठ सदस्यलाई प्रमुख अतिथी बनाएको थियो। आज सम्पन्न उक्त कार्यक्रममा जिल्लामा हालसम्म भएको गतिविधि एबम भाबी योजना बारे जानकारी गराइएको थियो।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *