NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

उदयपुरमा म्याराडोनाको सम्झनामा मैत्रिपुर्ण फुटवल सम्पन्न

1 Mins read

बिजय कार्की
मङ्सिर १३,२०७७
उदयपुर ः अर्जेन्टिनाका विश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोनाको सम्झनामा उदयपुरमा श्रद्धाञ्जली कार्यक्रम तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
सनिवार सदरमुकाम गाईघाट स्थित थरुहट रंगशालामा जिल्ला फुटबल संघ उदयपुरले श्रद्धाञ्जली तथा मैत्रिपुर्ण फुटवल कार्यक्रम आयोजना गरेको हो। गत बुधबार हृदयघातका कारण संसारकै महान खेलाडीका रुपमा चिनिएका अर्जेन्टिनाका म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो । यसले विश्वभरिका फुटबलप्रेमीहरु स्तब्ध बनेका छन् ।
१९८६ को विश्वकपमा अर्जेन्टिनालाई उत्कृष्ट एकल प्रदर्शनमा विश्वकप फुटबलको उपाधि जिताएका म्याराडोना संसारभर सर्वाधिक लोकप्रिय खेलाडीको रुपमा चिनिएका थिए । श्रद्धाञ्जली कार्यक्रमसगै संसारकै महान खेलाडीको रुपमा चिनिएका म्याराडोनाको स्मृतिमा त्रियुगा नगरपालिका गाईघाटको भेट्रान टिम तथा कटारी नगरपालिकाको भेट्रान टिम बीचको मैत्रीपूर्ण खेल खेलाइएको थियो ।
थरुहट रंगशालामा भएको खेलमा गाईघाटले कटारीलाई ५–३ को गोल अन्तरले पराजित गरेको छ । गाईघाटका लागी एन्फा प्रवक्ता समेत रहेका किरण राई तथा किरण कार्कीले २ र २ तथा कुमार राईले १ गोल गरेका थिए ।
कटारीको लागी कुमार तामाङ, सुवास तामाङ तथा रामबाबु अधिकारीले १ र १ गोल गरे । एन्फाका प्रवक्ता किरण राई, जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रन्जन कार्की लगायत खेलाडी तथा खेलप्रेमिहरुको ठुलो सहभागीता रहेको थियो ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *