NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
विचार

चौदन्डिगढि नगरपालिका बिरेन्द्रबजारको अग्निपिडितलाई रकम हस्तान्तरण

1 Mins read

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नंं. ८ वीरेन्द्र बजार स्थित आगलागी हुँदा ५ वटा घर जलेर ध्वस्त भयको र उक्त आगलागीमा स्थानीयको करिव २ करोड बढी क्षतिसमेत भएको छ ।
स्थानीय डम्वर राई, विक्रम राई, पद्मा मगर र कृष्ण मगरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

आगलागी भएको ५ वटै घरमा किराना पसल भएकोले प्रतिपरिवार ५० देखि ५५ लाखसम्म क्षति भएको प्रहरी तथा स्थानीयले अनुमान गरेको हो ।
। जलेका घरहरू ईटा र काठपात जोडेर बनाईएको घरहरु जस्तापाताले छाएका थिए ।
अचानक भएको आगलागीमा पीडितहरूकाे खाद्यान्न, लत्ताकपडा, सुन चाँदी, नगद रुपैयाँ, फ्रिज, टेलिभिजन, मोवाईल सेटहरु अन्य महत्वपूर्ण कागजातहरुसमेत जलेर नष्ट भएको वडा सदस्य वासुदेव राईले जानकारी दिए ।
मानवीय क्षति नभएको घटनामा स्थानीय केशव नेपाली र लालबहादुर राईको १÷१ वटा मोटरसाईकल र ट्याक्टरमा क्षति पुगेको उनले बताए । स्थानीय, प्रहरी र नगरपालिकाको दमकलले लागोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो

आगोलागि पीडित परिबारलाइ राहत सन्कल समितिले विभिन्न मितिमा समयमा आर्थिक सहयोग उठाउदै सहयोग हस्तान्तरण गरेको हो !स्थानीय बुद्धिजीवी युवा नेता बिबस चाम्लिङको संयोजक्त्वमा एक राहत उठाउने समिति बनेको हो ।
आगालगी पिडित राहत कोषमा जम्मा भएको रकम रु- जम्मा ६१३८१२ अक्षेरी छ लाख तेर्ह हजार आठ सय बार्ह रुपैया मात्र रकम वडा न.८ का जनप्रतिनिधि, बुद्धिजीवी ,समाजसेबी लगाएत सरोकारवालाको बिचमा पिडित परिवारलाइ राहत बितरण गरेको हो।
त्यसैगरी चौदन्डीगडि नगरपालिकाले पनि प्रत्येक घरलाई ३ लाखको दरले सहयोग गरेको हो ।
,यस कार्य सहयोग गर्नु हुने मेयर खगेन्द्र राई ,उपमेयर रिता कुमारी चौधरी , नगरपालिकाका कर्मचारी लगायत सल्लाहकार संयोक बिरेन्द्र कुमार खड्का ,सदस्य अम्बर बहादुर राई ,असोक कुमार राई ,का.ब वडा अध्यक्ष गडुडमान बि.क ,सदस्य बासु देब राई ,नगर सदस्य बिमला राई ,समितिका सदस्य -मित्र राई,सागर थापा मगर, लोक बहादुर राई , दिनेश राई ,हरि राना मगर, हरि खड्का ,सम्पुर्ण पदाधिकारी ,स्थानीय बुद्धिजीवी ,वडा न. ८ का जनप्रतिनिधि , चौदण्डीगढी नगरपालिका साथै देश बिदेश मा रहनु हुने महानुभाब,विभिन्न संघ सस्था बाट आर्थिक ,भौतिक सहयोग गर्नु सम्पुर्णमा विशेष धन्यवाद व्यक्त गरेको छ्न चाम्लिङले ।

Related posts
विचार

बेलका नगरपालिकामा सामुदायिक बिद्यालयको अवस्था -शेखर निरौला

1 Mins read
राज्यले सामुदायिक बिधालयमा लगानी बढाइ राखेको छ तर आज सामुदायिक बिधालय को गुणस्तर झनझन खस्किन्दो अवस्थामा छ।हामी कहाँ चुकी राखेको छौ?? किन…
विचार

नेपालिको दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था

1 Mins read
नेपालि को दु:ख को मुल कारण विभेद पुर्ण बर्ण ब्यबस्था बर्ण व्यवस्था ले श्रम लाई चार भाग मा बिभाजन गरेर ,समाज लाई…
विचार

त्यो धान रोपाइँ - एक सम्झना

1 Mins read
हरेक बर्ष बर्खामासले बङ्गालका खाडीबाट मनसुन मात्र लियर आउदैन ,मानो रोपि मुरी उब्जाउने हरिया सपनाहरूलाई पनि साथै लियर आउँछ।असारलागे संगै आकाशमा पुर्ब…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *