मानव जीवनको लागी पनि यौन अपरिहार्य छ। यौन हरेक जीवित प्राणीको लागी प्रकृतिले दिएको उपहार हो। यौन सम्बन्ध गोप्य हुने भएता पनि यो ध्रुव सत्यलाई कसैले लुकाएर लुक्दैन। तर कतिपय अवस्थामा आफ्नो यौन पार्टनरको भावना नबुझी गरिएको सम्बन्धले सन्तुष्टि दिँदैन बरु आत्मीयता नै गुम्ने खतरा हुन्छ।
यौन जीवन सुखी नहुँदा श्रीमान् श्रीमतीको सम्बन्ध नै छुटेका उदाहरणहरू पनि धेरै छन्। त्यसैले आफ्नो सेक्स जीवन सुखी बनाउनको लागी महिलाहरूलाई आवश्यक पर्ने १० टिप्स प्रस्तुत गरिएको छ।
१. सफाई: यौनाङ्गको सफाइ गर्नुहोस्। किनभने कुनै पनि पुरुष यौन सम्पर्कको बेला चार कोषे झाडीको अवरोध सहन चाहँदैनन्। जति सुन्दर फूलबारी त्यति माहुरीको भीड।
२. अँध्यारोमा यौन: पुरुषहरू उज्यालो मन पराउने प्राणी हुन्। तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस्। झिलिमिली नै नभए पनि कमसेकम मैन बत्ती त बाल्नुहोस्।
३. जन्म नियन्त्रण: गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ नि। यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ ! पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छन् र ! कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस्।
४. प्रेमको बासनाः लामो समयसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन। यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहोस्। ताकि प्रेममय यात्रा होस् न १ भनिन्छ नि प्रेमरहित यौन सम्पर्क भनेको वेश्या वृद्धि हो।
५. खुट्टाको रौं: रौंले भरिएका खुट्टाहरूबाट पनि आनन्द लिन सकिन्छ। त्यसलाई सधैं मुलायम र रेसमी बनाइराख्नुहोस्। त्यसो त, यो कुरा तपाईको पार्टनरसँग पनि भर पर्न सक्छ।
६. आनन्दसँग पौडिनुहोस्: टाँस्सिएर मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न दिनुहोस्। तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति (मुभ) दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ। काममै समर्पित राख्नुहोस्। भनिन्छ नि, मेहनतको फल मिठो हुन्छ।
७. यौन सामग्री: यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन्। यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ। धर्मग्रन्थ भनेको थाहा छैन, पढ्ने हो तर आफ्नै तरिकाले चल्ने हो।
८. अँगालोमा लुटपुटिने अपेक्षा: कहिलेकाहीँ पुरुषहरू यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन्। उसको शरीर पुरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ। यो तपाईंको विरुद्धमा होइन। उसको विशेषता हो। यसलाई त्यसरी नै बुझ्नुहोस्।
९. यौन उत्तेजना: आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, ऊसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने प्रयत्न व्यर्थ हुन्छ। तपाईंलाई थाहा छ नि पुरुषहरू निर्देशन माग्दैनन्, उसलाई संकेत गर्नुहोस्। तपाईंलाई कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस्।
१०. त्यति सजिलो खेल होइनन् नि यो: पुरुषहरू आखिर मेसिन होइनन्। तपाईंले आदेश दिनासाथ सबै काम गर्न सक्दैनन्। धैर्य गर्नुहोस्, उसले तपाईंकै लागि मेहनत गर्दै छ।


