सप्तकोशी किनारमा बेलका बीच रिसोर्ट संचालन, टापु सफरिङदेखि पारासाइलिङसम्मका सुविधा
कोरोना महामारीबाट पर्यटन क्षेत्र समस्यामा रहेका बेला पूर्वी नेपालको उदयपुरको बेलका नगरपालिका वार्ड न -८ सोमबारेमा सप्तकोशी नदी किनारमा बेलका बिच संचालनमा आएको छ ।
बेलका बीच फार्म हाउसले १० करोड रुपैयाँ भन्दा बढी लगानीमा रिसाेर्ट निर्माण गरिरहेको छ ।
गत वर्षदेखि निर्माण शुरु भएको रिसोर्टको ८०% प्रतिशत काम सम्पन्न भइसकेको सञ्चालक रमन भट्टराईले जानकारी दिए ।
बेलका बिच रिसोर्ट ४० कठ्ठामा फैलिएको छ । जल यातायातका विभिन्न प्याकेजसहित रिसोर्ट सञ्चालन भएको संचालक भट्टराईले बताए । रिसोर्ट तयार हुँदासम्म जल यातायातका साधन, जग्गा समेत गरी १० करोड रुपैयाँ लगानी हुनेछ ।


रिसोर्टले सप्तकोशीमा मोटरबोट सञ्चालन गर्न शुरु गरिसकेको छ । रिसोर्टमा सप्तकोशी आइल्याण्ड (टापु) सफारीदेखि जेट स्की, पारासाइलिङ, स्पीट बोट, बानाना बोट लगायतका प्याकेज राखिने भट्टराईले बताए ।
‘रिसोर्टमामात्रै २ करोड रुपैयाँ लगानी हुँदैछ, रिसोर्टको जग्गा र मोटर बोटहरुसमेतमा गरिएको लगानी १० करोडमा पुग्छ भन्ने अनुमान गरिएको छ’ उनले भने, ‘यो रिसोर्ट केवल आउने, खाने र बस्नेमात्रै होइन, भरपुर मनोरञ्जन दिने गरी बनाइएको हो ।’
‘हाफ डेको प्याकेज लिने पाहुनाहरु विहानको ब्रेक फास्ट गर्नुहुन्छ अनि प्यारासाइलिङ अथवा जेट स्कीमा सप्तकोशी सफर गर्दै आइल्याण्ड पुग्नुहुनेछ’ उनले भने, ‘आइल्याण्डको रमाइलो घुमघाम पछि उहाँहरु रिसोर्टमा आएर खाना खानुुहुनेछ, उहाँहरुका लागि स्वीमिङ पनि उपलब्ध हुन्छ ।’
पूरा दिनको प्याकेज लिनेहरुले भने एक रात र दुई दिनको सुविधा पाउनेछन् । सञ्चालक भट्टराईका अनुसार पारासाइलिङ, जेट स्की, स्वीमिङ, आइल्याण्ड सफारीका साथै नाइट स्टेसम्मको सुविधा उपलब्ध हुनेछ । यो प्योकजमा भोलिपल्टको खाजासमेत उपलब्ध हुनेछ ।
गत कार्तिक देखि सुरु भएको रिसोर्टमा अहिले घुइचो लाग्ने गरेको छ । पुर्वको बिराटनगर ,इटहरी ,इलाम ,दमक , त्यस्तै लहान ,काठमाडौं ,पोखरा लगायत देशको विभिन्न ठाउँबाट अहिले बेलका रिसोर्ट आउने गरेको छ्न ।
उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका जोड्ने सप्तकोसी नदिमाथी पुल बनेसगै केही बर्ष देखि यश क्षेत्र घुम्न आन्तरिक तथा बाह्र पर्यटन आउन थालेको छ्न! सुनसरीको बराहक्षेत्र मन्दीर ,प्राचीन हरिद्वार,चतरा जलविद्युत,औलियाबाबा मन्दीर साथै उदयपुरको मैनामैनी क्षेत्र ,रङ्गमहल क्षेत्र ,माहान्काली मन्दिर ,प्यारागलाइडिङ ,पानीबोट यहाको आन्तरिक तथा बाहय पर्यटनको लागि आकर्षण गन्तव्य बन्दै आएको छ भने ,सप्तकोसीको माछा,लोकल कुखुरा ,स्थानीय उत्पादन गुन्द्रुक ,सिस्नो यहाको खाद्यान्नमा ब्रान्ड बनेको छ !एक नम्बर प्रदेशकै धेरै घुम्न आउने ठाउँ बनेको बताए रमण भट्टराईले ! सुबिधा सम्मपन होटल हरियाली बाताबरण ,मनोरम दृश्य एकान्तनै कोसिपुल क्षेत्रको विशेषता रहेको छ ! पुर्वको बिराटनगर ,दमक ,बिर्तामोड ,इटहरी ,धरान सम्मका सयौ सर्बसाधरण यश क्षेत्र घुम्न आउछ्न र आफुले रोजेको खाने चिज कोसिपुल क्षेत्रका होटलमै पाइने हुदा गन्तव्य भएको छ ।
हिउदमा कोसिक्षेत्रमा पिक्निक खान सयौको संख्यामा देशका विभिन्न ठाउबाट आउने गरेका बताए जनप्रतिनिधि शिव थापाले ! नेपालमै पहिलो पटक संचालित पानीजहाज चडन ,हेर्नमात्रै दैनिक ५०० को हाराहारीमा आउने गरेको पानीजहाज संचालक प्रेम राईले बताए।
विशेषत कोसिपुल क्षेत्रमा माछाकै लागि परिचीत हुदैगएको छ। विभिन्न ८/१० वटा होटेलमा १०० किलो भन्दा धेरै माछा खपत हुनेगरेको होटेल रङ्गमहलका संचालक मनिका राइले बताए। ट्रेकिङ्को लागि पैदल यात्रा प्यारागलाइडिङको लागि बोप्ताङ यहाको नौलो विशेषता हो । केही समयदेखी कोरोनाको महामारिले गर्दा सुस्ताएको कोसिपुल क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढेको हो!
आम जनताको लागि घुम्नको लागि पहिलो रोजाइ कोसिपुल रहेको वार्ड नम्बर ८ का अध्यक्ष जयकुमार राईले बताए।उदयपुरको क्षेत्रमा खुला जमिन प्रसस्त ठाउँ समेत भएको हुदा चतरा भन्दा कोठुक्षेत्रमा होटल तथा विभिन्न संरचना खोलिएको हो! एक पटक कोसिपुलका होटलमा खाएपछी अर्को पटक समेत आउ -आउ हुने गरेको वडा अध्यक्ष राई बताउछन।
कोसिपुल क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटन भित्र्याउन गुरुयोजना समेत बनाइरहेको बेलका नगरपालिका स्तरिय पर्यटन समितिका अध्यक्ष तथा बेलका विचका संचालक रमण भट्टराईले बताए।











