NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

अजितको फिलिम “वलिमै” ले पुष्पालाई पछि पार्यो

1 Mins read

तेलुगु सुपरस्टार अजित र हुमा कुरेशी स्टारर ‘वलिमै’लाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ । चलचित्रले ६२.३६ करोड भारुको ओपनिङ गरेको छ । चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

अजितको यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । यसले तमिलनाडुमा मात्र पहिलो दिन ३६ करोड रुपैयाँ प्राप्त गरेको छ । उता चेन्नईमा १.८४ करोड रुपैयाँको ओपनिङ गरेको छ । चेन्नईमा पहिलो दिनमै यति धेरै आम्दानी गरेको अजितको यो पहिलो चलचित्र हो ।

कोरोनाकालमा रिलिज भएका साउथको चलचित्रले राम्रो ओपनिङ गरिरहेको छ । गत वर्ष १३ जनवरीमा रिलिज भएको मास्टरले पहिलो दिनमा ४२ करोड कमाएको थियो ।

४ नोभेम्बरमा रिलिज भएको रजनीकान्तको चलचित्र ’अन्नाथे’ले तमिलनाडुमा ३४.९२ करोड रुपैयाँको ओपनिङ गरेको थियो । मोहनलालको ’मरक्करः लायन अफ द अरेबियन सी’ ले पहिलो दिनमा ६ करोड रुपैयाँ कमाएको थियो । उता, अल्लू अर्जुनको ‘पुष्पाः द राइज स्टार’ ले ५२.५० करोड रुपैयाँको ओपनिङ गर्दै वर्षको सबैभन्दा सफल चलचित्र बनेको थियो ।

फिल्म र अजित कुमारलाई लिएर फ्यानहरूको क्रेज देख्न पाइएको छ । दक्षिण भारतका कयौँ सहरको सिनेमाघरको बाहिर सडकमा जाम लागेको छ भने फ्यानहरूले अजितको पोस्टरलाई दूधले नुहाएको भिडियो पनि बाहिर आएको छ ।

रिपोर्टका अनुसार अजितको ‘वलिमै’को थिएटट्रिकल राइट्स वैश्विक स्तरमा कूल ९६ करोड भारतीय रुपैयाँमा बिक्री गरेको थियो । त्यसबाहेक चलचित्रले स्याटेलाइट, डिजिटल प्ल्याटफर्म र संगीतको अधिकारबाट ६० करोड भारतीय रुपैयाँमा बिक्री गरेको थियो ।

यो चलचित्र एच विनोदको निर्देशनमा बनेको हो । चलचित्रमा अजित र हुमाबाहेक कार्तिकेय, योगी बाबू, सुमित्रा र पुगाजको मुख्य भूमिका रहेको छ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *